Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाको गेरुवामा वाल भेला

  • बर्दिया टुडे
  • 958
    SHARES
  •  

    बर्दियाको गेरुवा गाँउपालिकामा बाल भेलाको आयोजना गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र बि–ग्रुपको साझेदारी र गेरुवा गाउँपालिकाको समन्वयमा बाल भेलाको आयोजना गरिएको हो ।

    बाल अधिकारका सबै सरोकारवालाहरुको ध्यान आकृष्ट गर्न, बालबालिकाको सहभागिताबाट उनीहरुको आत्म विकासको लागि योगदान पु¥याउन, विकासका कार्यमा प्रभावकारीता तथा दिगोपनालाई बढाउने उदेश्यले बाल भेलाको आयोजना गरिएको बि–ग्रुपका प्रवन्धक बिर्ख राज उपाध्यायले बताउनुभयो ।

    369276013_628418112439445_4847851680237044741_n.jpg


    ADVERTISEMENT

    images

    बालबालिकालाई समुदाय स्तरमा मुल्यवान योगदान गर्ने अवसर प्रदान गर्न, जीवनउपयोगी सीप अभिवृद्धि गर्न र आत्मसंरक्षणका लागि सक्षम बनाउन, लोकतान्त्रीक मूल्य मान्यताको बारेमा अभ्यासबाट यसको प्रवद्र्धनमा सहयोग गर्नु लगायतका कार्य बाल भेलाको मुख्य एजेन्डा रहेको प्रबन्धक उपाध्यायले बताउनु भयो ।

    ‘हरेक बर्ष गेरुवा गाउँपालिकामा अझै एक सय जनामा ३० जना भन्दा बढीले बालविवाह गर्ने गरेको तथ्याङ्क रहेको छ ।’ प्रवन्धक उपाध्यायले भन्नुभयो, ‘बाल भेलाबाट बालबालिकाहरुको अनुभव साटासाट गर्न, विद्यालय स्तरदेखि समुदायस्तरसम्म बालबालिकाहरुले देखेका, भोगेका विभिन्न अनुभव खुलस्त राख्न कार्यक्रमको आयोजना गरिएको हो ।’

    369276013_628418112439445_4847851680237044741_n.jpg

    कार्यक्रममा गेरुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष एवं पालिकाका प्रवत्ता धर्म प्रकाश थारुले बाल विवाह न्युनिकरणको लागि विभिन्न कार्यक्रमहरु संचालन भएपनि अझै सफलता पाउन नसकेको बताउनुभयो । बाल विवाह न्युनिकरण गर्ने सरकारको लक्ष्यलाई पुरा गर्न गेरुवा गाउँपालिकाले पनि दृढताका साथ अघि बढेको बताउँदै यसमा सबै पक्षको सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

    ‘कक्षा बीचमै छोड्ने अनि कमाउन नेपाल, भारत लगायतका विभिन्न ठाउँमा जाने, २/३ महिना कमाएर घर फर्कने, आउँदा ठुलो मोबाईल बोकेर फर्कने यस्ता क्रियाकलापले ठुलो समस्या बनाएको छ ।’ अध्यक्ष थारुले भन्नुभयो, ‘यसको सिको गर्दै पढ्दै गरेका बालबालिकाहरुले कक्षा छोड्ने र सामाजिक सञ्जालको गलत प्रयोगले बालविवाह न्युनिकरण गर्न चुनौती थपिएको छ ।’369070059_603436901986685_8154822273208627085_n.jpg

    कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरी, गेरुवा गाउँपालिकाका शिक्षा शाखाका प्रमुख नवराज अधिकारी, महिला शाखा प्रमुख रमा पुन मगर लगायतले सरकारले २०३० सम्म बाल विवाहलाई अन्य गर्ने लक्ष्य लिएको बताउँदै यसलाई पुरा गर्न स्थानीय सरकारले समेत ५ बर्षे रणनीतिक योजना बनाएर अघि बढेको बताउनु भयो ।369287306_2746285862180226_4030649378666240642_n.jpg

    भेलामा गेरुवामा ५ वटा माध्यमिक विद्यालयका १६ बर्षदेखि १८ सम्मका ४० जना बालवालिकाहरुको सहभागिता रहेको थियो ।जानकी मावि जनकनगर, एक प्रिय राठौर मावि पाताभार, जनता माध्यमिक विद्यालय गोला, पशुपति मावि पशुपतिनगर र नेपाल राष्ट्रिय गणेश मावि प्रशेनीका छात्र छात्राहरुको भेलामा सहभागिता रहको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij