बर्दियाको राजापुर नगरपालिका २ नं. वडा नयाँगाउँमा शनिबार दिउँसो नीलगाई मृत अवस्थामा फेला परेको छ । शनिबार दिउँसो स्थानीय धानखेतमा मृत फेला परेको राजापुर रेन्जपोष्ट कार्यालयले जनाएको छ । धान खेतमा धानको मुठाले ढाकिएको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्ज बन्जरिया गस्ती टोलीले फेला पारेको राजापुर रेन्जपोष्टका प्रमुख ध्रुव चौधरीले जानकारी दिनुभयो । नीलगाईको मुखबाट खुन बगेको र आफै नमरेर कसैले मारेको हुनसक्ने आशंका गरिएको छ । मृत अवस्थामा फेला परेकाे नीलगाईलाई पोष्टमार्टमका लागि भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय गुलरियामा लगिएको छ । पोष्टमार्टम रिपोर्ट अझैं नआएको जनाइएको छ । नीलगाईको मृत्युबारे अनुसन्धान भईरहेको स्रोतले जनाएको छ ।