नेपाल स्वयंसेवी रक्तदाता समाज नगरसमिति राजापुर तथा नेपाल रेडक्रस सोसाइटी राजापुर “क” शाखाले संयुक्त रुपमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । भाद्र ३ गते आइतवार बर्दिया उद्योग बाणिज्य संघ राजापुरमा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको हो ।
रक्तदान कार्यक्रममा राजापुर नगरपालिकाले समन्वय गर्ने भएको छ । युनिक नेपाल बर्दिया, बर्दिया उद्योग बाणिज्य संघ राजापुरको सहयोग रहने जनाईएको छ । रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दिया, संचार सहकार्य रेडियो राजापुर र साथी एफएम राजापुरले गर्ने भएका छन् ।
भाद्र ३ गते बिहान ८ बजेबाट सुरुहुने रक्तदान कार्यक्रममा सहभागी हुन सम्पुर्ण नगरबासी व्यापारी, शिक्षक, बुद्धिजीवी, कर्मचारी, पत्रकार, विद्यार्थी एवं इच्छुक रक्तदाताहरुमा अनुरोध गरिएको स्वयंसेवी रक्तदाता समाज नगर समिति राजापुरका अध्यक्ष लोकराज ढुङ्गानाले जानकारी दिए ।