Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालगञ्जमा बर्दियाका ५३ उजुरी

सबैभन्दा बढी उजुरी स्थानीय तहका
  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा बर्दियाका विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका उजुरीहरू रहेका छन् ।


    ADVERTISEMENT

    images

    बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएको नेपालगञ्ज कार्यालयमा गत आर्थिक वर्ष २०७९/०८० देखि हाल सम्म बर्दियाका ५३ वटा उजुरी परेकोमा २४ वटा उजुरी स्थानीय तहका छन् । त्यस मध्ये १ वटा उजुरी फछ्र्यौट भएको छ भने २३ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको छ ।

    367747427_256313760548806_4769189796208505124_n.jpg

    बर्दियाका ८ स्थानीय तह मध्ये चालु आर्थिक वर्षको साउन साउन अन्तिम सम्म राजापुर नगरपालिकाको १ तथा बढैयाताल र गेरुवा गाउँपालिकाको १/१ गरी जम्मा ३ वटा उजुरी परेको छ ।

    आर्थिक वर्ष २०७९/०८० मा बासगढी नगरपालिकाको ६वटा, बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका,तथा बढैयाताल गाउँपालिकाको ३/३ वटा, राजापुर र गुलरिया नगरपालिकाको २/२ वटा एवम गेरुवा गाउँपालिकाको १ वटा गरी जम्मा २१ वटा उजुरी परेका छन । यि मध्ये बढैयाताल गाउँपालिकाको एउटा उजुरी फछ्र्यौट भएको छ ।

    367415375_1031915908173596_77813858685505864_n.jpg

    स्थानीय तह बाहेक जिल्लाका अन्य विषय क्षेत्रगत उजुरीहरुमा भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण अन्तरगत ६ वटा, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तरगत ४ वटा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत ४ वटा, वन तथा वातावरण मन्त्रालय अन्तरगतका ४ वटा, प्रदेश भौतिक, पुर्वाधार ( भौतिक, पुर्वाधार यातायातमात्र) अन्तरगत ३ वटा, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय ( वन वातावरण मात्र) अन्तरगत २ वटा, प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (कृषि तथा पशुपंक्षि बाहेक) अन्तरगत १ वटा र अन्य ५ वटा गरी जम्मा २९ वटा उजुरी परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयका सुचना अधिकारी झलक के. सी. ले बताउनु भयो । जसमध्ये ३ वटा उजुरी फछ्र्यौट भएको छ ।

    367435798_1648374809006196_6184175528260152327_n.jpg

    स्थानीय तहमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानुनको पालना नगर्ने/नगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्ने जस्ता प्रवृत्ति पाइएको छ ।

    सुचना अधिकारी झलक के. सी.का अनुसार अख्तियारमा सबैभन्दा बढी स्थानीय तहअन्तर्गत योजना विकास निर्माण, कर्मचारी नियुक्तिको प्रक्रिया, सरकारी जग्गा अतिक्रमण, सामुदायिक वनका विवाद, जस्ता उजुरी आउने गर्दछ ।

    367427901_815202276948121_1989124462415288950_n.jpg

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij