Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवामा कमैया महिला जागरण समाजले गरेको कार्यक्रमको अनुगमन

  • बर्दिया टुडे
  • 2.0K
    SHARES

  • गेरुवा गाउँपालिकामा कमैया महिला जागरण समाजद्वारा संचालित कार्यक्रमको अनुगमन गरिएको छ । गाँउपालिका वडा नं ५ वन्जरिया र वडा नं. ६ गौचरनमा रहेको सामुदायिक शिशु स्याहार केन्द्र, तथा संस्थाको सहयोमा मुक्त कमैयाहरुले सञ्चालन गरेको बाख्रा पालन, बंगुर पालन र किराना पसलको पालिका स्तरीय अनुगमन गरीएको हो ।


    ADVERTISEMENT

    images

    367370607_696846215639840_1290416587110996484_n.jpg

    संस्थाले कमैया परिवारको आर्थिक, जिविकोपार्जनमा सुधार ल्याउन तथा परिवारिक अवस्था सुधारको लागि गाँउपालिकामा बिगतका बर्षहरु देखि नै शिक्षा, स्वास्थ्य, महिला जिविकोपर्जन र बिपद् ब्यवस्थापन संम्बन्धी कामगर्दै आइरहेको छ । संस्थाले गरेको काम प्रभावकारी भयो भएन भन्ने उद्देश्यले पालिका स्तरीय अनुगमन गरीएको नेपालमा कृषिमा आधारित बधुँवा श्रम अन्त्य परियोजनाका परियोजना अधिकृत राजेन्द्र प्रसाद थारुले बताउनु भयो ।

    367674433_1534187093993789_7157078839757699238_n.jpg

    संस्था मार्फत भैरहेको कामले मुक्त कमैयाहरुलाई काम गर्न उत्साहित बनाएको छ । संस्थाको आर्थिक सहयोग संगसंगै पालिकाको पनि आर्थिक सहयोगको मुक्त कमैयाहले अपेक्षा गरेका छन् ।

    368556677_307808924973724_7511588484498898262_n.jpg

    अनुगमनको क्रममा पालिकाका अध्यक्ष जमान सिंह के. सी.ले संस्थाले गरेको काम प्रभावकारी रहेको बताउनु भयो । उहाँले मुक्त कमैयाहरुको अपेक्षा अनुरुप स्थानीय तहको श्रोत साधन र आर्थिक रुपमा भ्याय सम्म मुक्त कमैयाहरुलाई सफल बनाउनको लागि निति तथा कार्यक्रम बनाएर जाने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

    अनुगमन कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । अनुगमन पश्चात वडा नं ६ मा समिक्षा गरीएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij