Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा बुहारीलाई कुटपिट गर्ने पक्राउ

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  •  

    सार्वजनिक स्थलमा बुहारी कुट्नेलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । बारबर्दिया नगरपालिका–११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीले बुधबार बुहारी २६ वर्षीया प्रमिलालाई घरबाट कुट्दै सार्वजनिक स्थलमा लगेर हात, लात्तीले हिर्काउँदै बेहोस हुनेगरी कुटपीट गरेको प्रहरीले जनाएको छ ।

    उनले कुटपिट गरेको भिडियो समेत भाइरल भएको थियो । कुटपिट नगर भन्दै श्रीमती लगायत स्थानीय महिलाले रोकथाम गर्ने प्रयास गरेका थिए । तर उनले ती महिलामाथि नै हातपातको प्रयास गरेका थिए ।

    मदिरा पिएर कुटपिट गरेका भर्थरीले यसअघि पनि आफूलाई कुटपिट गर्दे आएको पीडित प्रमिलाले बताइन् । 'मोबाइलमा फिल्म हेरिरहेको समय ससुराले एकाएक कुटपिट सुरु गर्नुभयो,’ उनले भनिन्, ‘मेरो शरीरमा निकै चोट लागेकोले दुखाइ भइरहेको छ, कपाल लुछ्दै लात्तीले हिकाउँदै घर बाहिर ल्याएर कुटपिट गर्नु भयो ।'

    प्रमिलाका श्रीमान् ताप्लेजुङमा मजदुरी गर्न गएका छन् ।

    प्रहरीले अभियोगी भर्थरीलाई बिहीबार इलाका प्रहरी कार्यालय, बासगढीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बासगढीका प्रहरी निरीक्षक सुधिर खड्काले बुहारीमाथि बेहोस हुने गरी कुटपिट गरेका भर्थरीमाथि हदैसम्म लाग्ने मुद्दामा कारबाही चलाउने बताए ।

    भर्थरीले मदिरा पिएपछि त्रासले गाउँलेहरु उनको नजिक पुग्न आँट गर्ने हिम्मत गर्दैनथे । उनी गाउँलेलाई समेत हातपात गर्दै आएको अनुसन्धानको क्रममा खुलेकाे प्रहरीले जनाएको छ । (कान्तिपुर)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij