Logo

सोमवार, भाद्र १ गते २०८३ / Monday, 2026-08-17

images
images

बर्दियामा बाढीले बगाएका ३ जनाको अवस्था अज्ञात

  • बर्दिया टुडे
  • 1.2K
    SHARES
  •  

    बर्दियामा बबई नदीले बगाएका तीन जनाको अवस्था अज्ञात छ। बाढीका क्रममा दाउरा संकलनका लागि गएका गुलरिया नगरपालिकाका तीन जना युवालाई आइतबार बबईको बाढीले बगाएको थियो ।


    ADVERTISEMENT

    images

    गुलरिया– १२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारूलाई मध्याह्न १२ बजे, गुलरिया– ८ थपुवाका २७ वर्षीय अक्षय चौधरीलाई साढे १ बजे र गुलरिया– २ पण्डितपुरका २७ वर्षीय महेश चौधरीलाई साढे ४ बजे बाढीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहराले बताए ।

    उनीहरू तीन जना बबईमा बाढी आएको समयमा दाउरा संकलन गर्न गएको र उनीहरू अलग अलग ठाउँबाट बगेको उनले जानकारी दिए ।

    नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले खोजी गर्दा पनि उनीहरू फेला पार्न नसकेको र सोमबार बिहानैबाट फेरि खोजी सुरू हुने उनले बताए।

    बेपत्ताको खोजी र डुबानमा परेकाहरूको उद्धारका लागि ११ जना नेपाली सेना, ४९ जना सशस्त्र प्रहरी र एक सय दस जना नेपाल प्रहरी दिनभर परिचानल भएको बोहराले जानकारी दिए। (सेताेपाटी बाट)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij