Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बबईमा बेपत्ता हुनेको संख्या ३ पुग्यो

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  •  

    बबई नदीमा बेपत्ता हुनेको संख्या ३ पुगेको छ । गुलरिया नगरपालिका-२ निवासी महेश चौधरी पण्डितपुर घाटबाट बेपत्ता भएका छन् । 


    ADVERTISEMENT

    images

    बबई नदीमा दाउरा छोप्ने क्रममा गुलरिया नगरपालिका-२ का २७ वर्षीय महेश चौधरी, वडा नम्बर ८ निवासी २३ वर्षीय अक्षय चौधरी र वडा नम्बर १२ निवासी ३० वर्षीय वालकृष्ण थारू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले पुष्टि गरे । 

    तीनै जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले मोटरबोटसहित खोजीकार्य भइरहेको उनले बताए। दुई दिनदेखि परेको अविरल वर्षाका कारण बर्दियाका दुई पालिका डुबानमा परेको छ । 

    बाँसगढीका दुईवटा वडा र बारबर्दिया नगरपालिकाका तीनवटा वडा डुवान प्रभावित भएका हुन्। बाँसगढी नगरपालिका वडा नम्बर ८ को रेशमपुर र ९ को कुइनेठीमा १ सय २० गरी १ सय ८० घर डुबान भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक बोहराले बताए । 

    उनीहरू स्थानीय छिमेकीको घरहरूमा आश्रय लिएका छन्। त्यस्तै बारबर्दिया नगरपालिका वडा नम्बर ७, ८ र ९ मा ४३ घर डुबानमा परेका छन् । 

    बारबर्दियाका तीनवटै वडाका डुबान प्रभावित स्थानीयहरू सरस्वती माध्यमिक विद्यालय र युवक माध्यमिक विद्यालयमा आश्रय लिइरहेको उनले जानकारी दिए । (अन्नपूर्ण बाट)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij