गुलरिया । नुहाउने क्रममा भादा नदिमा डुबेर एक वालक बेपत्ता भएका छन् । भादा नदिको पुल देखि करीव २०० मिटर उत्तरतर्फ नुहाउने क्रममा नदिमा पौडी खेल्न लाग्दा गुलरिया नगरपालिका वडा नं. ११ इन्द्रपुर बस्ने बर्ष १२ अनिस कुमार बि. क. बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बि. क. को खोजी कार्यमा सुरक्षा कर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेशनाथ वास्तोलाले बताउनु भयो ।