बर्दियाको गेरुवा गाउँपालिकामा नवनिर्मित जेष्ठ नागरिक विश्राम भवनको उद्घाटन र पुरुषोत्तम माहात्म्य कथा वाचन हुने भएको छ ।
गेरुवा गाउँपालिका वडा नं. ६ मनाउ (प्रशेनी बजारमा) रहेको कल्पेश्वर महादेव मन्दिर परिसरमा निर्माण सम्पन्न भएको जेष्ठ नागरिक विश्राम भवनको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष जमान सिंह केसीले उद्घाटन गर्नु हुने भएको हो ।
गाउँपालिकाको ७ लाख रुपैयाको आर्थिक सहयोगमा मनाउको प्रशेनी बजारमा जेष्ठ नागरिक विश्राम भवनको निर्माण गरिएको छ । स्थानीयमा आध्यात्मिक ज्ञानसंञ्चार गर्ने उद्देश्यले मन्दिरमा भोलि श्रावण २४ गतेदेखि २६ गतेसम्म ३ दिन पंण्डित नारायण प्रसाद सापकोटाले कथा वाचन गर्ने कार्यक्रम रहेको स्थानीय समाजसेवी कुमार लामिछानेले वताउनु भयो ।
मन्दिर व्यवस्थापन समिति र जेष्ठ नागरिक सञ्जालको समन्वयमा हुने कार्यक्रममा भोलिदेखि विहान ७ वजेदेखि ११ वजेसम्म नित्य पुजा गरिने, दिउसो १ वजेदेखि ४ वजेसम्म कथा श्रवण गर्न सकिने भएकाले आम स्थानीयलाई उपस्थितिका लागि हार्दिक अनुरोध समेत गरेको छ ।
यस वर्ष श्रावण २ गते देखि ३१ गतेसम्म पुरुषोत्तम महिना (अधिकमास) परेकाले विभिन्न ठाउँमा मेला, माहात्म्य वाचन लगायतका धार्मिक कार्य भएका छन् ।