Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने सडकखण्ड भत्कियो

  • बर्दिया टुडे
  • 1.6K
    SHARES
  •  

    बर्दियाको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने छोटो दुरीको ओराली—डल्ला सडकखण्ड भत्किदा सवारी साधन अवरुद्ध भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण ओराही (कुस्मिया)पुल जोड्ने सडक किनार भत्किएको हो ।


    ADVERTISEMENT

    images

    हुलाकी मार्गहुँदै निकुञ्ज पुग्ने छोटो दुरीको सडक भत्किएपछि आवागमनमा समस्या भएको स्थानीय एवम् खाता समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङले बताए । उनले भने,' सडक भत्किएको छ । कठिनसँग एउटा बाइक मात्र छिर्न सक्छ । अटोरिक्सालगायत ४ पाङग्रे सवारी साधन गुडाउन सकिदैन । सडक किनार भत्किएसँगै स्थानीयलाई जोखिम मोल्नुपर्ने बाध्यता छ ।'

    उनले  पुलमै जोडिएको सडक प्रत्येक वर्ष पानी पर्दा भत्किने  र सधै मर्मतबाट मात्र चलेको बताए।  मधुवन नगरपालिका -१ मा अवस्थित पुलसँगै जोडिएको सडक दिर्घकालिन समाधान हुने गरी मर्मत गर्नुपर्ने उनको माग छ ।

    जैविक मार्ग होमस्टे डल्ला,बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने सडकमा आवागमन ठप्प भएपछि पर्यटकीय आवागमनलाई समेत असर पुगेको उनले बताए । (अन्नपूर्ण बाट)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij