बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकालाई जोड्ने गेरुवा (कर्णाली) नदीमा अवस्थित पक्की पुलबाट हाम फाली एकजना बेपत्ता भएका छन् । अन्दाजी ६०/६५ बर्षका नदीमा हाम फालेका पुरुषको नाम, थर, वतन पहिचान हुन सकेको छैन ।
नदीमा सुरक्षाकर्मीको टोलीले खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ । खोजी कार्य गरिरहेको टोलीले नदी तटीय नेपाल भारत सीमा क्षेत्रमा सक्रियता बढाएको जनाईएको छ । ती पुरुष को हुन् र किन हाम फाले भन्ने बारेमा अनुसन्धान भैरहेको जनाईएको छ ।