बर्दियाको राजापुर नगरपालिका वडा नं ७ का स्थानियले वडा कार्यलय घेराउ गर्नुका साथै वडा अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
आफुहरुको धानवाली डुवानमा परेको भन्दै उनिहरुले वडा कार्यलय घेराउ सँगै तालाबन्दि गरेका हुन् । १०/१२ बर्ष अघिबाट चलन चल्तिको झरन (नाला) प्रधानमंत्री स्वरोजगार कार्यक्रम मार्फत बन्द गरीएको स्थानियको आरोप छ ।
अहिले उक्त क्षेत्रमा रोपाई गरेको २ सय बिगाह बढी धानवाली डुबानमा परेको छ । बर्खा याममा डुवान पर्ने भन्दै यस अघि समस्या समाधानकालागी न्यायीक समितीमा उजुरी दिँदा समेत कुनै सुनुवाई नभएको स्थानिय नरजंग शाहीले बताउनु भयो ।
वडा अध्यक्षले समस्या समाधान गर्छू भने आस्वासन मात्रै दिएको र कुनै पहल नगरेकाले आफुहरु बाध्य भएर वडा कार्यलय घेराउ गर्न आएको शाहीले बताउनुभयो ।
आफुहरुको माग सुनुवाई नभए चरण बद्द आन्दोलन गर्ने स्थानिय सुरेन्द्र चौधरीले चेतावनी दिएका छन् ।
स्थानियहरुले वडा कार्यलय घेराउ गरेपनी वडा अध्यक्षले आफु वडा कार्यलय आउन नसक्ने भन्दै पन्छीएको आरोप लगाएका छन् ।
यता वडाअध्यक्ष रामु थारुले न्यायीक समितीले समस्या समाधान गर्ने भनेर खवर आएको र न्यायीक समिती मार्फत उक्त समस्या समाधान गरिने बताउनु भयो ।