Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

आजै देखिएको भोलिको नेपाल !

  • बर्दिया टुडे
  • 1.1K
    SHARES
  •  

    विकृतिहरूको चाङमाथि बाह्य शक्तिको इच्छा र योजनाअनुसार नेपाली नागरिकताधारीहरू मार्फत जातीयतावाद, क्षेत्रीयतावाद, धर्मान्तरण (इसाइकरण) र खण्डित सार्वभौमिकताको अवधारणा कार्यान्वयनमा ल्याइएको छ । यस्तो अवस्थामा भोलिको नेपाल कस्तो बन्ने अनुमान गर्न सकिएला ?

    नेपालमा उत्पन्न अवान्छित राजनीतिक असमझदारी र विवाद निकट भविष्यमै समाप्त हुनेछ, जातीय सद्भाव र एकता पुनस्र्थापित भइ देशमा शान्ति र स्थिरताको दुर्लभ वातावरण सिर्जना हुनेछ । पर्यावरणमा सुधार भएर प्राणीहरूका निम्ति संसारकै सर्वाधिक उपयुक्त बासस्थान नेपाल बन्नेछ, प्रशासनिक एवम् राजनीतिक नेतृत्वको व्यवहार परिवर्तन भएर पूर्णतः देशकेन्द्रीत बन्नेछन् । मुलुकको कृषि उत्पादन बढेर अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले बजार तताउनेछ, नेपाल आगमनका निम्ति राहदानी पाउन विदेशीहरूले महिनौँ प्रतीक्षा गर्नुपर्नेछ । कुनै नेपाली विदेश भ्रमणमा जाँदा अध्यागमनदेखि नै स्वागत-सत्कार र सम्मानको बाढी आउनेछ, सबै नेपाली स्वदेशमै रोजगार हुनेछन् । शिक्षा र स्वास्थ्य निःशुल्क हुनेछ, जेष्ठनागरिकको जीवन सम्भवतः संसारकै सबैभन्दा सुखद् बन्नेछ । छिमेकी मुलुकहरू नेपालीको भावना र सम्मानमा चोट नपुगोस् भनेर हरदम सचेततापूर्वक व्यवहार गर्दछन्, नेपालबाट गरिबी निर्मूल भइ विश्वकै समृद्ध मुलुकको श्रेणीमा पर्नेछ । अपराधमूक्त देशको नयाँ पहिचान नेपालले बनाउनेछ र, न्यायालयबाट समेत न्याय पाइने देशको रूपमा नेपालको ख्याति विश्वब्यापी बन्नेछ । भ्रष्टाचार शून्य भएर सुशासनको अनुपम दृष्टान्त नेपाल बन्नेछ । अनि अखण्डित सार्वभौमिकतासहितको अधिकारसम्पन्न स्थानीय निकाय सदासर्वदा जनसेवामा जुटिरहेको हुनेछ । बौद्ध, किराँत, जैन, शिख, बोन, मैत्रीय र इस्लाम लगायतका धर्म-संस्कृति र सभ्यताको संरक्षण गर्ने वैदिक सनातन हिन्दूराष्ट्र नेपाल विश्वकै एक अध्यात्म केन्द्र बन्नेछ । विज्ञानको विकाश विनासका निम्ति नभइ केवल प्राणी कल्याण र विकाशमा केन्द्रीत रहेको एकमात्र देश नेपाल हुनेछ ।

    हो, यसरी भोलिको नेपालबारे कल्पना गर्न या चित्रण गर्न नसकिने होइन, तर नेपालको वर्तमानले हाम्रो भोलिको चित्र त्यस्तो देखाउँदैन, जस्तो देखिन्छ यसको वर्णन गर्ने प्रयास यो लेखमा भएको छ ।

    आजको नेपाली बालबालिकालाई स्वदेश अर्थात् मातृभूमिप्रति आत्मगौरव बोध गराउने शिक्षा प्रदान गरिन्न । आफ्नो देशभन्दा राम्रो अर्काको देश, आफ्नो धर्म-संस्कृति भन्दा सुन्दर अर्कैको धर्म-संस्कृति, आफ्नो सभ्यताको विकाशका कथा भन्दा अर्काको सभ्यता रोचक र आफ्नो भूमिभन्दा अर्कैको भूमि आनन्ददायक रहेको सिकाइन्छ । युरोप र अमेरिकामा रात र दिनको सन्तुलन कायम नरहेको, तर हाम्रोमा बाह्र-बाह्र घण्टाको समय-सन्तुलित रात र दिन रहेको, समृद्ध भनिने मुलुकहरूमा जाडो र गर्मी सहनै नसकिने स्तरको हुन्छ, तर हाम्रोमा असैह्य गर्मी र जाडोको सामना गर्नु पर्दैन, कुनै मुलुकमा हिमाल भेटिन्न, कुनैमा पहाड देखिन्न, कुनैमा खोलानाला र झरना हुन्न, कुनै मुलुकमा हरियाली जङ्गल र वन्यजन्तु भेटिँदैनन् त कुनैमा खेतिपाती हुँदैनन्, कतै बिरुवा उम्रदैनन् र कतै पिउने पानीसम्म पाइन्न । तर, संसारमा एउटै देशमा नभेटिने उल्लिखित सम्पूर्ण सम्पदा र सम्पत्ति छन्, त्यसैले नेपाल मानव बसोबासका निम्ति विश्वकै सर्बाधिक उत्तम स्थान हो भनेर बालबालिकालाई शिक्षा दिँदा के फरक पर्थ्यो र ? तर यसरी आफ्नै माटोमा गौरवीबोध हुने शिक्षा पाठ्यक्रममा सामेल गरिएको छैन । ठीक विपरीत पढाइ हुन्छ र, बाह्र कक्षा उत्तीर्ण हुँदानहुँदै किशोर-किशोरीहरूले उड्ने दिशा निर्धारण गरेर पखेटा जोडिसकेका हुन्छन् ।

    जुन बेला युरोपमा जात, धर्म, भाषा, भेष, भूगोल र संस्कृतिको नाममा चरम हिंसात्मक युद्ध चल्दै थियो, जतिबेला उनिहरू भाषा, धर्म, जात, भूगोल र संस्कृतिको नाममा विभाजित भएर अलग-अलग देश बन्ने प्रक्रियामा थिए, त्यसबेला पृथ्वीनारायण शाहको नेतृत्वमा हामी सबै सांस्कृतिक, भौगोलिक, जातीय र भाषिक समूह मिलेर एउटा बेग्लै देश खडा गर्दै थियौँ । अनेक सांस्कृतिक समूह मिलेर पनि एउटा देश बन्न सक्छ भन्ने दृष्टान्त स्थापना गरिएको गौरवमय इतिहासबारे हाम्रा बालबालिकाहरूलाई दीक्षित तुल्याइन्न, अर्काकै इतिहास र गौरवगाथामा रमाउने दास बन्न हाम्रो पाठ्यक्रमले बाध्य पार्दै आएको छ !

    हाम्रा कर्मचारी प्रशासकहरू तीस वर्षसम्म जनताको करबाट तलब सुविधा ग्रहण गर्छन्, तिनै जनता (सेवाग्राही)लाई देशप्रति नै वितृष्णा पैदा हुनेगरी सधैं सताउँछन् । अवकासपछि संवैधानिक या त्यस्तै उच्च तहको राजनीतिक नियुक्तिको प्रयास गर्छन् र, कुनै तरहले नियुक्ति हात पारेपछि अर्को चार-छ वर्ष धाक-रवाफका साथ जीवन बिताउँछन् । देशबाट पाउने/लिनेजति सबै अवसर सकिएपछि छोराछोरीले बोलाएका छन् भन्दै युरोप/अमेरिकातिर सधैंका निम्ति पलायन हुन्छन् । त्यही बीचमा अवैध किसिमले नेपालको आर्जन बाह्य मुलुकमा पुऱ्याइसकेका हुन्छन्, संस्कार र परम्परा बनिसकेको यस्तो प्रवृत्ति नियन्त्रण गर्न कुनै किसिमले तत्परता लिइएको छैन ।

    युरोप र अमेरिकामा रात र दिनको सन्तुलन कायम नरहेको, तर हाम्रोमा बाह्र-बाह्र घण्टाको समय-सन्तुलित रात र दिन रहेको, समृद्ध भनिने मुलुकहरूमा जाडो र गर्मी सहनै नसकिने स्तरको हुन्छ, तर हाम्रोमा असैह्य गर्मी र जाडोको सामना गर्नु पर्दैन, कुनै मुलुकमा हिमाल भेटिन्न, कुनैमा पहाड देखिन्न, कुनैमा खोलानाला र झरना हुन्न, कुनै मुलुकमा हरियाली जङ्गल र वन्यजन्तु भेटिँदैनन् त कुनैमा खेतिपाती हुँदैनन्, कतै बिरुवा उम्रदैनन् र कतै पिउने पानीसम्म पाइन्न । तर, संसारमा एउटै देशमा नभेटिने उल्लिखित सम्पूर्ण सम्पदा र सम्पत्ति छन्, त्यसैले नेपाल मानव बसोबासका निम्ति विश्वकै सर्बाधिक उत्तम स्थान हो भनेर बालबालिकालाई शिक्षा दिँदा के फरक पर्थ्यो र ?


    ADVERTISEMENT

    images

    घुसखोरी र भ्रष्टाचारको ब्यापकताले नेपालको मौलिक पहिचान बदलेको छ । शुद्ध कार्य र इमानको अनिकाल परेको छ । भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न गठित निकायहरूमै सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको छ । राज्य संयन्त्र र सामाजिक सङ्घ-संस्थाहरू पूर्ण रूपले बेइमान र भ्रष्टहरूको कब्जामा परेको छ । यस्तो विकराल बेथितिबाट उन्मूक्ति पाउनै नसक्नेगरी हामी थिचिएका छौँ ।

    विकृतिहरूको चाङमाथि बाह्य शक्तिको इच्छा र योजनाअनुसार नेपाली नागरिकताधारीहरू मार्फत जातीयतावाद, क्षेत्रीयतावाद, धर्मान्तरण (इसाइकरण) र खण्डित सार्वभौमिकताको अवधारणा कार्यान्वयनमा ल्याइएको छ । यस्तो अवस्थामा भोलिको नेपाल कस्तो बन्ने अनुमान गर्न सकिएला ?

    नेपालको एउटा विभत्स चित्र

    जुन अनुपातमा शिक्षित नेपालीहरू समृद्ध मुलुकमा र कम शिक्षित तथा अर्धशिक्षित नेपालीहरू खाडीलगायतका नव-समृद्ध राष्ट्रहरूमा पलायन हुने क्रम बढिरहेको छ । यसरी आगामी पन्ध्र वर्षपछि नेपालका अधिकाङ्श गाउँहरू खण्डहरमा रुपान्तरित हुने, शहरका घरहरू समेतमा तालाबन्दी भएर ‘भूतघर’को सङ्ख्या बढ्ने, जेष्ठनागरिकहरूको बिचल्ली हुने, तिनको स्याहारसुसार हुन नसक्दा हरेक घरको स्थिति पीडादायी बन्ने देखिन्छ । अस्पताल लैजाने जनशक्तिको अभावमा बाबु-आमाहरूले समयमै उपचार नपाएर घरघरमै देहत्याग गर्नुपर्ने अवस्था देखापर्दैछ । लाशको दुर्गन्ध फैलिएपछि मात्र कुनै घरमा मानिस मरेको जानकारी आउने स्थिति बन्दैछ र, तिनको विधिपूर्वक अन्त्यष्टि हुने/गरिने छैन ।

    जो बलिया छन् तिनैले अर्काको सम्पत्ति कब्जा गरेर उपयोग-उपभोग गर्नेछन् । राज्य सत्ता र संयन्त्रमा आपराधिक चरित्रका मानिसरूपीहरूले कब्जा जमाउने छन् । ज्ञानी, शिक्षित र विवेकवान एवम् प्राज्ञिक मानिसहरूको खिल्ली उडाइनेछ, उनिहरू देश छोडेर हिँड्न बाध्य हुनेछन् ।

    यतिबेला नेपालमा बाह्यचासो जसरी बढिरहेको छ, त्यसले निम्त्याउने भनेको अन्ततः आन्तरिक युद्ध नै हो । जात, धर्म, संस्कृति, भूगोल आदिको नाममा लड्ने पृष्ठभूमि हामीले बनाइसकेका छौँ । अब बाह्यशक्तिले निर्णायक कदम चाल्ने तयारी गरिरहेको आभास हुँदैछ ।

    विश्वमा विगत कैयन शताब्दीदेखि पश्चिमा गोराहरूको राज कायम हुँदै आएको छ र, उनिहरू आफ्नो सत्ताको अनन्तकालसम्म निरन्तरता चाहन्छन् । पश्चिमाहरूले आफ्नो स्थायी सत्तामा चुनौती बन्नसक्ने कसैलाई देखेका छन् भने त्यो केवल चीन र भारत मात्र हुन् । उनिहरू पहिले चीनको उर्लंदो शक्ति नास गर्न चाहन्छन् र, त्यसपछि भारतलाई समेत कैयौँ टुक्रामा विभाजित गरेर मात्र फर्कने योजनामा रहेको बुझ्न सकिन्छ । यी दुवै देशविरूद्धका गतिविधिलाई निर्वाध अघि बढाउने रणनीतिक भूमिको रूपमा नेपाल रहेको छ र, तिनका दृष्टिमा नेपालको महत्व पनि यति नै कुरामा सीमित छ । राज्य बलियो हुँदासम्म बाह्यशक्तिले आफ्नो रणनीतिक योजनाअनुरुप नेपाललाई उपयोग गर्न सम्भव थिएन । त्यसैले क्रान्तिका नाममा लादिएको नयाँ (२०७२) संविधानले उनिहरूको इच्छापूर्तिको आधार खडा गरिदिएको छ । अब यो मुलुकलाई तहसनहस तुल्याउने दोस्रो अध्याय सुरु भइ नै सकेको छ । मुलुकमा धर्मान्तरणलाई तीब्रता दिइनु र विकाश एवम् सूरक्षाका नाममा अनेक स्तरका सम्झौता हुनुको रहस्य केलाइयो भने त्यसमा नेपालको भविष्यका झलकहरू भेटिन्छन् । कुनै सम्झौतामार्फत बाह्य सेनाको पवेश हुने र, त्यसैका कारण युक्रेन झैँ नेपाल शक्तिराष्ट्रहरूको युद्ध मैदान बन्नसक्ने सम्भावना प्रवल हुँदै गएको छ । त्यस्तै, देशमा जातीय र धार्मिक युद्धको बिजारोपण पनि भइसकेको छ, अब यसले ‘फल’ दिन मात्र बाँकी हो । अर्कोतिर पश्चिम नेपाल, पूर्वी नेपाल र दक्षिणी नेपाललाई विभाजित गर्न रेखा कोर्ने कार्य पनि सम्पन्न भइसकेको छ । यस स्थितिमा नेपालको ‘भोलि’ सूरक्षित र सुन्दर रहेको कल्पना या अनुमान गर्न सकिन्न । भोलिको नेपालको सम्भावित अवस्थालाई बूँदागत रूपमा यसरी भन्न सकिन्छ-

    • सम्पूर्ण नेपाली राजनीतिक शक्तिहरूले आआफ्ना गल्ती/कमजोरी स्वीकार गर्दै सबैका बीचमा अभूतपूर्व एकता कायम भइ देशको सूरक्षा र निर्माणको नयाँ ढोका खुल्नसक्ने ।
    • अराजकता उत्कर्षमा पुगेर देश असफल राज्य बन्ने र, छिमेकी मुलुकले यसको ब्यवस्थापनको जिम्मेवारी लिने स्थिति पैदा हुनसक्ने ।
    • बहुआयामिक आन्तरिक युद्धमा देश फस्ने र संयुक्त राष्ट्र सङ्घको पहलमा ‘शान्ति स्थापनार्थ’ बाह्य सेना पवेश भइ राजनीतिक, आर्थिक र सामाजिक नियन्त्रण कायम गर्ने ।
    • राजा र अमेरिकाबीच समझदारी भएर जापानी मोडलको ब्यवस्था र अवस्था बन्नसक्ने, जहाँ अमेरिकी सेनाको स्थायी उपस्थिति रहनेछ ।
    • राप्तीउताको पश्चिमी नेपाल, भोजपुरपूर्वको नेपाल र चुरेदक्षिणको नेपाल विभाजनको निम्ति सशस्त्र सङ्घर्ष र जनमतसङ्ग्रहको प्रयास हुने ।
    • अफगानिस्तानमा झैँ बहुसङ्ख्यकविरूद्ध अल्पसङ्ख्यकहरूको मोर्चा निर्माण गर्दै बाह्य सेनाको आडमा बहुसङ्ख्यक नेपालीमाथि शासन सुरु हुने ।
    • पाकिस्तानमा झैँ अदालत र सेनालाई आवश्यकताअनुरूप प्रयोग गर्दै विभिन्न आकारप्रकारका ‘जिलेन्स्की’हरूको नेतृत्वमा सरकार बनाउँदै-चलाउँदै गर्ने र, आफ्नो अभीष्ट पूर्तिको प्रयास हुने ।
    • २०८४ को चुनावमा केवल आफ्नो अनुकुल ब्यक्ति र शक्तिको विजय गराइ तीमार्फत आफ्ना लक्ष्यअनुरूपका काम गरिने ।

    उल्लिखित बाहेक मित्रराष्ट्र भारतको चल्यो भने नेपाललाई सङ्घीय गणतन्त्रात्मक हिन्दुराष्ट्र बनाइने सम्भावना पनि देखिन्छ । भारतको यस्तो चाहना/योजनामा अमेरिकी नीति र व्यवहार कस्तो होला र, चीनको प्रतिक्रिया कसरी प्रकट हुनसक्ला भन्ने गम्भीर प्रश्न खडा हुन्छ ।

    विश्वमा अङ्ग्रेजीराज कायम रहेका बेला दैवीशक्तिको बलमा खडा भएको आजको नेपाल हो, त्यसैले नेपालीको ठूलै हिस्साले धर्म छोडेछन् भने पनि पशुपतिनाथले आफ्नो भूमिको रक्षा गर्नेछन् भन्ने विश्वास गरौँ, जय मातृभूमि ! (घटना र विचारबाट साभार )

     

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij