Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

पश्चिम नेपालमा अन्नको भण्डारका रुपमा चिनिने बर्दियामा पानी अभावले अझै सकिएन रोपाई

धानको उत्पादनमा कमी आउने भन्दै किसान चिन्तित
  • बर्दिया टुडे
  • 1.2K
    SHARES
  •  

    पश्चिम नेपालमा अन्नको भण्डारकै रुपमा चिनिने बर्दियामा साउनको दोस्रो साता लाग्दा समेत रोपाई सकिएको छैन । प्रर्याप्त मात्रामा बर्षा नहुदा जिल्लाको पूर्वीक्षेत्रमा धान रोपाई अझै सकिएको छैन जसका कारण यसवर्ष धानको उत्पादनमा कमी आउने भन्दै किसान चिन्तित बनेका छन ।


    ADVERTISEMENT

    images

    बर्दियामा यस बर्ष असार महिना भरि पानी परेन जसका कारण धानको विउ राख्नमै ढिलाई भयो । कतिपय स्थानमा खडेरी जस्तै भएको छ । जिल्लाको ८ पालिका मध्ये कणर्ालीले घेरीएको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा ९७ प्रतिशत धान रोपाई भएको छ । यस भेगमा कर्णाली नदीबाट बाह्रै महिना सिचाई सुविधा भए पनि वर्सात नभएकाले असार भित्र सकिने रोपाइ श्रावणको दोस्रो हप्ता सम्म सकिएको छैन । बाँकी ६ पालिकाहरु ठाकुरबाबा, मधुवन, बारबर्दिया, गुलरिया, बाँसगढी र बढैयातालमा बबई सिचाईका नहर भए पनि नहरमा पर्याप्त पानी नहुदा रोपाई गर्न सकिएको छैन । सक्नेले मोटरबाट खेतमा सिचाई गरी धान रोपेता पनि प्रर्याप्त बर्षा नहुदा धानरोपेको गरामा धाँजा फाटेका छन । पानीको अभावका कारण धान सुक्न थालेकाछन् । भने कतै धान किराले खाएर मरेको स्थानिय कृषकको दुखेसो छ ।

    Screenshot (49).jpg

    सदरमुकाम गुलरियाका कतिपय क्षेत्रमा अझै रोपाई हुन सकेको छैन । खेतमा घाँस र झार पलाएका छन । भने धान रोप्ने खेतमा बाख्रा, गाई, भैसी चरीरहेका छन । जसोतसो रोपेको धान पनि बर्षात नहुदा धानका गराहरु पटपटी फुटेका छन । किसानका आँखा आकाश तिरै हेरेर बितेको छ । समयमा मल, समयमा पानी नपाउदा समयमै धान रोपाई पनि ढिलो भईसकेको हुँदा घरपरिवारको पालन कसरी गर्ने भन्ने चिन्ता किसानहरुको छ । जसोतसो ऋण मजुरी खोजी लगानी लगाएर रोपेको धान यसरी नै प्रर्याप्त मात्रामा बर्षा भएन भने धान उत्पादनमा कमी आई परिवारमा समस्या आउन सक्ने कृषकहरु बताउँछन ।

    Screenshot (50).jpg

    बर्दिया मात्र होईन नेपालको पहाडी जिल्ला तथा प्रमुख सहरहरुमा समेत धान पुर्‍याउने क्षमता राख्ने बर्दिया जिल्लामा अझै धान रोपाई पुरा हुन सकेको छैन । प्रत्येक वर्ष झै यो वर्षपनि समयमै मल, विउ तथा सिचाईको सुविधा नपाएका किसान अझै पनि आकास वर्सिने पर्खाइमा छन् । जिल्लामा ५० हजार २ सय ५० हेक्टरमा धान खेती हुने गरेकोमा हाल सम्म ८६.२५ प्रतिशत मात्र धान रोपाई भएको छ । साउनको तेस्रोे साता सम्म जिल्लामा सम्पुणर् धान रोपाई पुराहुने भनिएपनि कतिपय स्थानमा सम्भव भने देखिएको छैन । गत बर्ष अहिलेको समयमा करिव धान रोपाई सकिएको थियो । भने यस वर्ष प्रर्याप्त पानी नपर्दा श्रावण दोस्रो हप्ता पुग्दा पनि धान रोपाई नसकिएको हो ।

    जिवन जिउने आधार नै कृषी पेशा भएको र अहिले सम्म पनि सिचाई सुविधा नहुँदा रोपाई गर्न नसकिएको किसानको दुखेसो छ । आकासे पानीको भरमा रहेका किसानलाई राहत दिन भेरी बबई डाईभर्सन चाँडो सम्पन्न गरि सवैतिर पुर्‍याउनु पर्नेछ, भने कृषकका लागी समयमै मल तथा विउविजनको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij