Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

स्थानीय विषयबस्तु समेटेर गुलरिया नगरपालिकाको पाठ्यपुस्तक सार्वजनिक

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    गुलरिया नगरपालिकाले स्थानीय विषय समेटेर गुलरिया गाथा नामको पाठ्यपुस्तक निर्माण गरि सार्वजनिक गरेको छ ।


    ADVERTISEMENT

    images

    नगरपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई आफ्नो पालिकामा भएको कला, संस्कृती, सम्पदा, पेशा र शिप विषयको जानकारी दिने उद्देश्यले पाठ्यक्रम तयार गरेको हो ।


    पाठ्यक्रममा ६ विषयसूची निर्माण गरेर अध्यापन गराईने गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जानकारी गराएको छ ।
    स्थानीय विषयको पाठ्यक्रम विमोचनका प्रमुख अतिथि गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले यस पाठ्यक्रम कार्यान्वयनले गुलरिया नगरपालिकाका विविध पक्षका बारेमा विद्यार्थीहरुलाई जानकारी दिई उनीहरुमा ज्ञान, सिप, अभिवृद्धि गराई कार्य गर्न सक्ने तत्परताको विकास गर्ने लक्ष्य लिएको बताएका छन् ।


    प्रमुख यादवले बालबालिकाले पाठ्यबस्तुमा समेटिएका विषय बस्तु अध्ययन गरेर आफ्नो नगरपालिका प्रतिको माया जागृत भई यस क्षेत्रको विविध पक्षको विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरेका छन् ।


    पाठ्यपुस्तकको विषय सुचीमा गुलरिया नगरपालिकाकोको परिचय, नक्साङ्कन र इतिहास, नगरपालिकाको गठन , सेवा प्रवाहका विषय बस्तु समेटिनुका साथै नगरभित्रको रितिरिवाज, संस्कार र संस्कृती, स्थानीय धार्मिक पर्यटकस्थल, सम्पदाहरु एवम विपत सुरक्षा र व्यवस्थापन का बारेमा जानकारी दिने उद्देश्य रहेको नगरपालिकाले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij