गेरुवा गाउँपालिकाले भौतिक तथा सांघातिक प्रकृतिका घटनाहरु पुनः दोहरिएको खण्डमा गाउँ कार्यपालिकाबाट तत्काल कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता जनाउदै विज्ञप्ती जारी गरेको छ ।
मिति २०८० । ०३ । २४ गते करिब राती ११ः०१ बजे आर्थिक प्रशासन शाखाको काउन्टरको सिसा तोडफोड गरेको दुखद घटना प्रति सचेत गराउदै आगामी दिनमा सो घटना र यस्तै जनप्रतिनिधि तथा कर्मचारीहरु माथी भौतिक तथा सांघातिक प्रकृतिका घटनाहरुलाई नदोहोरिनका लागी सबैलाई सचेत रहन आग्रह गर्दै अब उप्रान्त सोही प्रकृतीका घटनाहरु दोहरिएको खण्डमा गाउँ कार्यपालिकाबाट तत्काल कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता जाहेर गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त बैठक पश्चात गाउँपालिका अध्यक्ष जमान सिंह केसी र प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तीमा गाउँपालिकाको तर्फबाट सम्पूर्ण जनप्रतिनिधीहरु, कर्मचारीहरु ऐक्यबद्ध भई यो घटना समाधान भएको जानकारी गराउँदै सर्वसाधारण जनतामा पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै भोली मिति २०८० असार २७ गते देखि सेवा प्रवाहमा सरल, सहज र नियमित रुपमा सुचारु गर्ने गरी सबैलाई सहयोग गर्न अनुरोध गर्दै गेरुवा गाउँपालिका अगाडी बढ्ने प्रतिवद्धता गरिएको छ ।
गेरूवा गाउँपालिका वडा नं. ५ का वडा सदस्य बिरेन्द्र बहादुर शाहले मादक पदार्थ सेवन गरि कर्मचारीलाई अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिनुका साथै आर्थिक प्रशासन शाखा तोडफोड गरेका थिए । घटना पश्चात गेरूवा गाउँपालिकाका कर्मचारीहरूको संयुक्त हस्ताक्षर सहितको विज्ञप्ति मार्फत निर्वाचित जनप्रतिनिधि जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट भएको उक्त कार्यप्रति खेद प्रकट गरिएको थियो ।