Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

जनप्रतिनिधिद्वारा कर्मचारीलाई ज्यान मार्ने धम्की !

गाउँपालिका बाट सञ्चालन हुने सम्पुर्ण सेवाहरू स्थगित
  • बर्दिया टुडे
  • 3.4K
    SHARES
  • गेरूवा गाउँपालिका वडा नं. ५ का वडा सदस्य बिरेन्द्र बहादुर शाहले मादक पदार्थ सेवन गरि कर्मचारीलाई अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिनुका साथै आर्थिक प्रशासन शाखा तोडफोड गरेका छन्।

    निर्वाचित जनप्रतिनिधि जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट भएको यस्तो कार्यको गेरूवा गाउँपालिकाका कर्मचारीहरूको हस्ताक्षर सहित जारी गरिएको विज्ञप्तिमा खेद प्रकट गरिएको छ।

    विज्ञप्ति मार्फत निर्वाचित जनप्रतिनिधि जस्तो सार्वजनिक पद धारण गरेका व्यक्तिले राष्ट्र सेवक कर्मचारीहरुप्रति गरेको व्यवहार अत्यन्त निन्दनिय भएकोले निजलाई कानून बमोजिम हदैसम्म कारवाहीको माग गरिएको छ।

    साथै जनप्रतिनिधि जस्तो जिम्मेवार पदमा रहेको आफ्नो स्वार्थ पुरा नहुँदा ज्यान मार्नेसम्मको स्थतिका साथ उत्रने वडा सदस्य विनोद शाहलाई कानून बमोजिम हदैसम्मको कारवाही नभएसम्म गाउँपालिका बाट सञ्चालन हुने सम्पुर्ण सेवाहरू स्थगित गरिएको विज्ञप्ति मार्फत जनाईएको छ।

    हेर्नुहाेस विज्ञप्ति

    53a44477-8151-495d-8785-3d78e4dd16bb.jpg

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij