Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाको सुखाड र सुतैयामा खानेपानी पुग्दा स्थानीय हर्षित

१ सय ८८ स्थानीयको घर–घरमा बिहान बेलुकी गरेर दैनिक ४ घण्टा खानेपानी सेवा विस्तार
  • बर्दिया टुडे
  • 820
    SHARES
  • बर्दियाको ठाकुरबाबा नगरपालिकाको सुखाड र सुतैयामा पहिलो पटक शुद्ध खानेपानी संचालनमा आएको छ ।

    वर्षौदेखि हातेपम्मको पानी पिउँदै आएका बासीन्दाहरु बल्लबल्ल खानेपानी पुगेपछि खुशी देखिएका छन् ।

    बर्दियाको ठाकुरबाबा नगर पालिका वडा नम्बर– ८ मा रहेको सुखाड सुतैया खानेपानी तथा सरसफाई आयोजना लामो समयपछि सञ्चालनमा आएको छ । ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको आर्थिक सहयोगमा मानपुर युवा समाज बर्दियाले निर्माण गरेको खानेपानी आयोजना संञ्चालनमा आएपछि स्थानीयवासीन्दा हर्षित भएका हुन् ।

    IMG_20230609_154850_528-min.jpg

    खानेपानी आयोजनालाई उपभोक्ता समिति तथा स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । आयोजना १ करोड २८ लाख १४ हजार रुपैयाँ र जनश्रमदान २८ लाख गरी १ करोड ५६ लाख १४ हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

    खानेपानी आयोजना झण्डै १ सय मिटर गहिराइबाट निकालिएको पानी २० हजार लिटरको २ वटा ओभर हेड ट्यांकीमार्फत प्रशोधित गरेर स्थानीयहरुको घरमा सुखाड क्षेत्रका १ सय १४ र सुतैयाका ७४ गरी १ सय ८८ स्थानीयको घर–घरमा बिहान बेलुकी गरेर दैनिक ४ घण्टा खानेपानी सेवा विस्तार गरिएको छ ।

    Screenshot (9).jpg


    ADVERTISEMENT

    images

    २ सय ९४ घरमा खानेपानी सेवा विस्तार गर्ने लक्ष रहेको बताइएको छ । यसबाट १ हजार ४ सय जना लाभान्वित हुने छन् । यसअघि हातेपम्पको आर्सेनिक पानी पिउँदा विभिन्न पानी जन्य रोग लाग्नुका साथै स्वास्थ्य समस्या देखापर्ने गरेकोमा शुद्ध खानेपानी योजनाको विस्तारसँगै राहत मिलेको स्थानीयको भनाई छ ।

    सुखाड सुतैया क्षेत्र बाढी प्रभावित क्षेत्र भएको त्यसमा पनि आर्थिक रुपले विपन्न बस्ती र सुख्खा क्षेत्र भएकाले उक्त क्षेत्रमा शुद्ध खानेपानीका लागि पहल गरी आयोजना संचालनमा ल्याइएको मानपुर युवा समाज मायुसका अध्यक्ष शशिराम बिकको भनाई छ ।

    Screenshot (10).jpg

    सुखाड सुतैया खानेपानी आयोजना ठाकुरबाबा नगरपालिकाकै नमुना आयोजना भएको भन्दै आउने दिनमा स्थानीय सरकारले विभिन्न साझेदार निकायको समन्वयमा शुद्ध खानेपानीलाई नगरपालिका भर विस्तार गरिने लक्ष्य रहेको बताउनुहुन्छ ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक राज लम्साल ।

    ठाकुरबाबा नगरपालिकाको सुखाड र सुतैया क्षेत्रमा पहिलो पटक संचालनमा आएको सखाड सुतैया खानेपानी आयोजना एक शुुखद सुरुवातीको संकेत हो । यस्ता खाले आयोजनालाई विस्तार गरेर नगरपालिकाका प्रत्येक नागरिकलाई शुद्ध खानेपानीको पर्याप्तता गर्न सक्नु स्थानीय सरकारको दायित्व हो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij