Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाको राजापुर नगरपालिकामा आधारभूत पत्रकारिता तालिम सुरु

  • बर्दिया टुडे
  • 664
    SHARES
  • बर्दियाको राजापुर नगरपालिकामा सात दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।
    युनिक नेपाल जोधपुर बर्दियाको आयोजनामा तथा राजापुर नगरपालिका वडा नं ५ को समन्वयमा सञ्चालित तालिमको सोमबार बदालपुरमा राजापुर ५ का वडाध्यक्ष रमेश चौधरीले शुभारम्भ गरेका हुन् ।

    वडाध्यक्ष चौधरीले समाज र देशको आमूल परिवर्तनका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले युवाहरुका लागि तालिम आयोजना गरिएको बताए । पत्रकारिता पेशा पत्रकारको जिविकोपार्जन वा रोजीरोटीको पेशा मात्र नभएर पत्रकारले लेखेका खोजमूलक समाचारबाट समाजलाई कुन बाटोमा डो-याउने भनेर बहस र छलफल गर्दै स्पष्ट दिशा निर्देश गर्न सक्नुपर्नेमा उनको जोड थियो ।

    Journalism-Training-at-Rajapur-Bardiya-3-1536x709.jpg

    युनिक नेपालका अध्यक्ष प्रिमबहादुर थारुले थारु बाहुल्य क्षेत्रमै थारु पत्रकारको अभाव भएकाले तालिम आयोजना गरिएको बताए । उनले यस अघि पनि एक पटक पत्रकारिता तालिम आयोजना गरिएको स्मरण गर्दै आगामी दिनमा एड्भान्स तालिमको पनि खाँचो हुने दर्शाए । अन्नपूर्ण पोस्ट्का उप सम्पादक शंकरप्रसाद खनाल र बीबीसी नेपाली सेवाका विमला चौधरीलगायत प्रशिक्षक रहेका छन् । तालिममा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका गरी ४४ जना युवायुवतीको सहभागिता रहेको युनिक नेपालका अधिकृत सोम डेमनडौराले बताए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij