Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बालविवाह न्यूनिकरण गर्न नेतृत्व लिने विद्यालयकाे प्रतिबद्धता

  • बर्दिया टुडे
  • 679
    SHARES
  • बर्दियाको मधुवन नगरपालिकाका विद्यालयले बालविवाह न्यूनिकरण गर्न नेतृत्व लिने प्रतिबद्धता जनाएका छन् ।

    प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) को बालविवाह न्यूनिकरण परियोजनाले बुधबार मधुवनमा आयोजना गरेको पालिका स्तरका विद्यालयका सरोकारवाला पक्षबीच भएको अन्तरक्रिया कार्यक्रममा यस्तो प्रतिबद्धता जनाइएको हो ।

    मधुवन नगरपालीकामा बिद्यालयमा आचारसंहीता र बाल संरक्षण नीति निर्माण आचारसंहीता र बाल संरक्षण नीतिको बारेमा अधिकांश शिक्षकहरुलाई शिक्षक तथा बिधालय ब्यबस्थापन समितीका पदाधिकारी बिचको छलफल यसको प्रभावकारी रुपमा कार्यान्वयन भएको भए नभएको बिद्यालयमा बालबालिकाहरुको समस्या सुन्नकालागि फोकल शिक्षकको व्यवस्था छ छैन बिद्यालयमा गुनासो सुनुवाई समिति गठन भई क्रियाशिल गुनासो तथा घटनाको रिपोर्टीङ्ग र ब्यवस्थापन हुने गरेका छन् छैनन बिद्यालय कक्षाकोठामा सकारात्मक र विभेद रहीत सिकाईको वातावरण छ की छैन बिद्यालयमा बाल क्लबले सक्रिय रुपमा काम गरेको छ की छैन बार्षिक कार्ययोजना निर्माण गरि नियमित बैठक बस्ने, बाल अधिकार बालसंरक्षणका मुद्धामा छलफल गर्ने र पैरवी अभियानका क्रियाकलापहरु संचालन गर्ने बारेमा बिधालयको सरोकारवाला पक्षको स्पस्टता बुझाइ छ छैन, विद्यालयमा किशोरीहरु महिनावारी स्वच्छता सम्बन्धी परामर्श सेवा ले अन्तरकृया छलफल मा भाग लिने अभ्यासहरु छन छैन महिनावारीको बेला आराम गर्ने कोठा तथा स्यानीटरी प्याड उपलब्ध छ कि छैन , बिद्यालयमा बिद्यालय क्षेत्र भित्रको बिद्यालय उमेरका बालबालिकाहरुको तथ्यांक, र बिद्यालय बाहीर रहेका बालबालिकाहरुको तथ्यांक छ की छैन बिद्यालयमा बृहत्तर यौनिकता शिक्षा सम्बन्धी कक्षाहरु संचालन गर्नुपर्ने बारे छलफल गरिएको छ ।

    कार्यक्रममा मधुवन नगरपालिकाको शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनाल, भृकुटी माविका प्रधानाध्यापक श्रीराम पौडेल ,शिव दुर्गा माविका प्रअ हरि बस्नेत ,शुक्र माविका प्रअ एलिजा जिसी शिक्षक, प्रभुराम चौधरीले विवाहको जोखिम कम गर्न पालिकाले बालविवाह न्यूनिकरण का लागि निर्माण गरेको रणनीतिक योजनालार्इ कार्यान्वयनमा ल्याएको खण्डमा बालविवाह न्यनिकरण हुने बताएका थिए । उनीहरुले घरपछिको दोश्रो पाठशालाको रुपमा विद्यालय भएकाले विद्यालयमा बालबालिकाको शैक्षिक सुधार गर्न बालमैत्री तथा लैगिक मैत्री वातावरण दिनुपर्ने र विद्यालयप्रतिको जवाफदेहिता तथा जिम्मेवारी बोध विद्यार्थी तथा शिक्षक कर्मचारिहरुमा गराउनु पर्ने भएकाले बालविवाह न्यूूनिकरणका लागि पनि विद्यालयले नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij