Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

विपद जोखिम व्यवस्थापन स्थानीयकरण निर्देशिका सम्बन्धि अभिमुखिकरण तालिम

गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष लगायत कार्यपालिकाका सदस्यहरु, विपद व्यवस्थापन शाखाका प्रमुख, प्रशासन शाखा प्रमुखको सहभागिता
  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  • विपद जोखिम व्यवस्थापन स्थानीयकरण निर्देशिका सम्बन्धि २ दिने अभिमुखिकरण तालिम गेरुवा गाउँपालिकामा सुरु भएको छ ।

     
    युएसएआईडी को आर्थिक सहयोग तथा अन्तराष्ट्रिय आप्रबासन संगठन को नेतृत्व, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय को समन्वय र प्राक्टिकल एक्सनको आयोजनामा कार्यक्रमकाे आयोजना गरिएकाे हाे ।
       
     
    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जमान सिं के.सी., उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी लगायत कार्यपालिकाका सदस्यहरु, विपद व्यवस्थापन शाखाका प्रमुख, प्रशासन शाखा प्रमुखको सहभागिता रहेको छ ।
     
     
    तालिमको प्रशिक्षकमा सामान्य प्रशासन मन्त्रालयका इन्द्रा बहादुर राजबंशी र प्राक्टिकल एक्सनका कृष्ण चौधरी रहनु भएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij