Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

वाल संरक्षण संग सम्वन्धित सेवा तथा कानुनी संरक्षणका लागि स्थानीय सरकार तथा सराेकारवालाहरुसंग अन्तरक्रिया तथा सहकार्य सम्बन्धि कार्यशाला

गेरुवा गाउँपालिका भित्र रहेका सम्पुर्ण बालबालिकाहरुको हकहितको संरक्षण गर्नु यस नगरपालिकाको पहिलो जिम्मेवारी
  • बर्दिया टुडे
  • 1.2K
    SHARES
  • सिमित साधन र श्रोतको अत्याधिक उपयोग गरी बालबालिकाको बाल संरक्षण गर्नु, विद्यमान बालबालिका सम्वन्धी ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्नु, बालबालिकालाई विभेद गर्ने, बालबालिकाको विकासमा अवरोध श्रृजना गर्ने, विद्यमान परम्परागत हानीकारक अभ्यासमा सुधार गर्नु आजको अपरिहार्य आवश्यकता रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।


    उनीहरुले धेरै बालबालिका एकभन्दाबढी समस्याबाट प्रभावित हुने गरेको तर धेरैजसो परियोजना तथा कार्यक्रमले बालसंरक्षणसम्बन्धी एउटा मात्र सवाललाई सम्बोधन गर्ने गरेकाले बालसंरक्षणको समग्र सवाललाई सम्बोधन गर्न नसकिएको वर्तमान अवस्थामा गाँउपालिका देखि समुदायसम्म बाल संरक्षणको सवाल प्रति संवेदनशिल बनाई सबैमा उत्तरदायित्व र स्वामित्वको बोध पनि उतिकै आवश्यक रहेको औल्याएका छन ।


    ADVERTISEMENT

    images


    प्लान इन्टरनेशनल नेपाल र बी ग्रुप बाँकेको साझेदारी तथा गेरुवा गाउँपालिकाको सहकार्यमा शान्तिबजारमा आयोजित वाल संरक्षण संग सम्वन्धित सेवा तथा कानुनी संरक्षणका लागि स्थानीय सरकार तथा सरोकारवालाहरुसंग अन्तरक्रिया तथा सहकार्य सम्वन्धि कार्यशालाका सहभागीहरुले यस्तो बताएका हुन ।


    सहभागिहरुले स्थानिय समस्या तथा सवालहरुलाई सहि ढंगले पहिचान गर्ने र उचित सम्बोधन गर्ने जिम्मेवारी अब स्थानीय सरकारहरुलाई आएको बताउँदे यहि परिवेशमा गेरुवा गाउँपालिका भित्र रहेका सम्पुर्ण बालबालिकाहरुको हकहितको संरक्षण गर्नु यस नगरपालिकाको पहिलो जिम्मेवारी हुने बताएका छन् ।


    अन्तरक्रिया तथा कार्यशालामा वाल संरक्षणका लागि विद्यमान कानुनमा भएका कानुनी ब्यवस्थाका बारेमा गेरुवा गाउँपालिकाका कानुनी सल्लाहकार अधिवक्ता महादेव रतगैँयाले सहजिकरण गरेका थिए ।


    यसै बिच कानुन ब्यवसायी, प्रहरी तथा अन्य सरोकारवालाहरु बिच पनि वाल संरक्षण र कानुनी प्रकृया सम्बन्धि कार्यशालाको आयोजना गरिएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij