गेरूवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुक्रबार समुद्घाटन गरिएको छ ।
संघीय सांसद तथा नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौरले प्रशासकीय भवनको समुद्घाटन गरेका हुन ।
![]()
समुद्घाटन भए सँगै अब नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह हुने छ ।
![]()
४ करोड रुपैयाको लागतमा निर्मार्ण सम्पन्न एउटा सभाहल सहितको ४२ कोठे भवनको निर्माण अमर मजदुर जेभी कन्ट्रक्सनले गरेको हो । भवनको ५वटै फ्लोरमा सार्वजनिक शौचालय निर्माण गरिएको छ भने ३ वटा अटेच ट्वाईलेट सहितको अतिथी कक्ष निर्माण गरिएको छ । अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत बस्ने कोठामा अटेच ट्वाईलेटको ब्यवस्था गरिएको छ।
![]()
।
गेरुवा गाउँपालिकाले यस अघिनैआफ्ना छ वटा वडा मध्ये ५ वटा वडामा वडा कार्यालय भवन निर्माण गरी आफ्नै भवन वाट सेवा प्रवाह शुरु गरि सकेको छ ।
![]()