Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बालविवाह, लैङ्गिक हिंसा तथा परम्परागत हानीकारक अभ्यास रोक्न अन्तरपुस्ता संवाद

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  • बालविवाह न्यूनीकरणका लागि गेरुवा गाउँपालिकाको वडा नं. ५ पशुपतिनगरमा अन्तरपुस्ता संवाद सोमबार सम्पन्न भएको छ । कार्यक्रममा वडा नं. ५ पशुपतिनगरका किशोरीहरू, अभिभावक बडघर तथा बाल क्लवका प्रतिनिधिहरुले बालविवाह रोक्न गाउँटोलमा समिति गठन गरि वालविवाह न्युनिकरण सम्बन्धि जनचेतना फैलाउने प्रतिबद्वता जनाएका छन् ।


    ADVERTISEMENT

    images


    कार्यक्रमको उद्वेश्य किशोरीहरू तथा अभिभावकहरु संग बालविवाह, लैङ्गिक हिंसा तथा परम्परागत हानीकारक अभ्यासका बारेमा छलफल गर्दै न्यूनीकरणमा स्थानीय सरकार र अभिभावकको भुमीका के–के हुने बारे रहेको कार्यक्रमका फिल्ड सुपरभाइजर संजिता रिजाललेले जानकारी दिईन ।


    कार्यक्रममा बोल्ने सहभागिहरुले बालविवाह न्यूनिकरण गर्नको लागि सबैभन्दा बढी भुमिका अभिभावकहरुको हुने बताएका थिए । अन्तरपुस्ता संवाद कार्यक्रममा बालविवाह लैङ्गिक हिंसा तथा परम्परागत हानीकारक अभ्यासबाट हुने असर र अभिभावकहरुले खेल्ने सकारात्मक भुमिकाको वारेमा सहजीकरण गरिएको थियो ।


    बाल संरक्षण परियोजना अन्तरगत प्लान इन्टरनेशनल को आर्थिक सहयोग र वाँके युनेस्को क्लव को आयोजना र गेरुवा गाउँपालिका वार्ड नम्बर ५ को साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो ।


    अन्तरपुस्ता संवाद कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, बडधर, बुद्धिजिवी तथा किशोर किशोरी गरी २१ जनाको सहभागीता रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij