बर्दियाका ४ पालिकाहरुमा शुरु भयाे किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजना
बर्दिया टुडे
श्रावण १५, २०७८ शुक्रवार
०९:०७:०६ मा प्रकाशित
3.4K
SHARES
3.4K
SHARES
बर्दियाका ४ पालिकाहरुमा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजना शुरु भएको छ । प्लान इन्टरनेशनल, कोईका, गेरुवा ग्रामीण जागरण संघ वर्दिया को साझेदारीमा बर्दियाका गेरुवा गाउँपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका र बारर्दिया नगरपालिकामा परियोजना सुरु हुने भएको हो।किशोरकिशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि सूचनाको पहुच र आधारभुत सेवामा सुधार ल्याउँदै किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुनिश्चित गर्न परिवार तथा समुदायको भुमिका सहयाेगी बनाउदै बालबिवाह लगाएतका कुरितिहरु न्युनिकरण गर्ने तथा किशोरकिशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवामा सुधार ल्याउने परियोजनाको उद्देश्य रहेको छ ।
परियोजनाले ४ वटा पालिकाका ३६ वटा विद्यालय तथा २४ वटा स्वास्थ्य संस्थामा काम गर्ने छ । जसवाट कक्षा छ देखी १० सम्म का ३ हजार ७ सय ८ जना छात्रा, ३ हजार २ सय ४ जना छात्र तथा समुदायका ७ सय ९८ पुरुष र ३ हजार ५ सय ३४ जना महिला प्रत्यक्ष लाभान्वित हुने छन्। परियोजनाले जिल्ला स्तरमा वृहत यौनिकता सम्बन्धी शिक्षक प्रशिक्षण तालीम र स्वास्थ्यकर्मीहरुलाई किशोर किशोरी मैत्री सेवा एवम लैगिंक समानता तथा सामाजिक समावेशीकरणका विषयमा तालिम संञ्चालन गर्ने कार्यक्रम शुभारम्भ कार्यक्रममा परियोजना संयोजक रामरूप कौशलले बताए। त्यसैगरी पालिका स्तरमा परियोजना सञ्चाल भएका ३६ वटै विद्यालयमा प्रयोग योग्य सेनेटरी प्याडको तयारी तालीम, योन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी सूचना, शिक्षा, तथा सञ्चार सामग्री उत्पादन र वितरण, आवश्यक प्याड औषधी र अतिरिक्त कोठा सहितको महिनावारी स्वच्छता व्यवस्थापन कक्ष स्थापना, किशोर किशोरी लाई दौतरी तालीम, किशोर किशोरी मैत्री सुचना कक्ष स्थापना, योन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी स्वास्थ्य शिविरको आयोजना गरीने लगायतका कृयाकलापहरु गरीने कौशल ले वताए।
उनका अनुसार परियोजना संचालन भएका २४ स्वास्थ्य संस्थाहरुमा लैङ्गिक तथा अपाङ्ग मैत्री शौचालय निर्माण तथा मर्मत, योन तथा प्रजनन स्वास्थ्य सेवाको अनुगमन र मूल्याङ्कन लगायतका विभिन्न कृयाकलापहरु गरिने छ। परियोजनाको अवधी ३१ डिसेम्बर २०२३ सम्म रहने छ । परियोजना ले सो अवधी मा ९ करोड १ लाख ७९ हजार ७ सय ८६ रुपैया खर्च गर्ने छ।