गेरुवा गाउँपालिकामा ३ महिने सिलाइ कटाई तालिम सम्पन्न
बर्दिया टुडे
जेठ ३, २०७८ सोमवार
०८:०४:३४ मा प्रकाशित
2.3K
SHARES
2.3K
SHARES
गेरुवा गाउँपालिकामा ३ महिने सिलाइ कटाई तालिम सम्पन्न भएको छ ।
गरिबसंग विशेश्वर कार्यक्रम अन्तरगत जिल्ला समन्वय समिति बर्दिया र गेरुवा गाउँपालिकाको सहकार्यमा तालिम सम्पन्न भएको हो ।
चैत्र ४ गते देखि असार २ गते सम्म सञ्चालन भएको तालिममा गाउँपालिकाको वडा नम्बर १,२ र ३ मा गठित ११ सामुदायिक सस्थाका अति बिपन्न मुक्त कमैया परिवारका ११ जना महिलाहरु छनौट गरि तालिममा सहभागी गराईएको थियो ।
ADVERTISEMENT
सिप सिकाई सहकार्यमा आधारित नमुना व्यावसाय तर्फ महिलाहरुलाई अग्रसर बनाउन तालिमको आयोजना गरिएको हो ।
उनले तालीमका सहभागीहरुलाई सामुहिकरुपमा कोठा भाडामा लिइ ब्याबसाय गरेमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाईन ।
तालिम समापन कार्यक्रममा वोल्दै वडा नम्बर ३ का वडा अध्यक्ष आलोक कुमार थारुले सहकार्यमा व्यावसायिक नमुना कार्यक्रम गर्न वडा बाट हुने सम्पुणर् सहयोग गर्न आफू तयार रहेको वताए ।
गरिबसंग विशेश्वर कार्यक्रम बर्दियाका संयोजक श्री भुपेन्द्र सेरालाले सामुहिक ब्यवसाय गर्दा अरु बाट सहयोग पाउन र सहयोग माग्न सजिलो हुने बताउँदै तालीमका सहभागीहरुलाई सामुहिक सिलाइ कटाई गरि ब्यवसायलाई नुमुना बनाउन आग्रह गरे ।
सामाजिक परिचालक प्रमिला चौधरीले सहकार्यमा व्यावसायिक नमुना कार्यक्रम सफल बनाउन आफू निरन्तर खटिने बताईन ।