बर्दियाली संम्पर्क समिति दक्षिण कोरियाद्वारा कोभिड–१९ वाट प्रभावित परिवारलाई राहत वितरण
बर्दिया टुडे
जेठ २४, २०७८ सोमवार
०६:४८:०६ मा प्रकाशित
2.6K
SHARES
2.6K
SHARES
बर्दियाको भौरा क्षेत्रमा कोभिड–१९ वाट प्रभावित अपाङ्ग, दलित तथा अतिविपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
बर्दियाली संम्पर्क समिति दक्षिण कोरियाद्वारा आइतवार राजापुर नगरपालिका र गेरुवा गाउँपालिका गरी ६५ घर परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।
सामाजिक अभियन्ता सुर्य के.सी. को पहल तथा रोजगारीका सिलसिलामा दक्षिण कोरिया रहेका युवाहरु हेमन्त शाह, दिलन धमला अध्यक्ष गोबिन्द शर्मा इश्वर सुवेदी लगायत संस्था का सम्पूर्ण कार्य समितिको अग्रसरतामा दक्षिण कोरियाामानै संकलन गरि प्राप्त रकमबाट राहत सामाग्री वितरण गरिएको हो ।
ADVERTISEMENT
राहत हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस बर्दियाका पुर्व सभापति तथा नेता अरुण प्रकाश सिंह राठौरले विश्व नै कोरोना महामारीले आक्रान्त भएका वेला दक्षिण कोरियामा रोजगारीका सिलसिलामा रहेका बर्दियाका मनकारी युवाहरुकोे अग्रसरतामा बन्दाबन्दीले बर्दियाका आर्थिक रुपले विपन्न परिवारलाई पारेको असर महसुस गरी गरेको सहयोगको प्रशंसा गर्नु भयो । उहाँले नेपालका सबै जिल्ला कोरोनाको चपेटामा परेको वताउँदैे देशै भरका युवाहरु जागरुक भएर महामारी जित्न सहयोगका लागि तयार हुनु पर्ने समेत वताउनु भयो ।
राजापुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष महेश चौधरीले कार्यक्रममा सहयोगी युवाहरुलाई धन्यवादका पात्र भएको बताउँदै विदेशी भूमिबाट पर्नि ु पुण्य कर्म गरेका युवाहरुले आगामी दिनमा पनि यस्ता विपतका बेला सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, १ लिटर खाने तेल, १ केजी नुन, ५० थान माक्स, सेनिटाइजर को राहत प्याकेज ठाकुरबाबा र गुलरिया नगरपालिकाका ६३ परिवार समेत गरी १ सय २३ परिवारलाई वितरण गरिने सामाजिक अभियान्ता के.सी. ले बताउनु भयो ।
प्राप्त २ लाख ७२ हजार रुपैया बाट राहत प्याकेज सहित राजापुर नगरपालिका वडा नं. ६ का देवराज थारु र वडा नं. ८ का मुकुन्द राज थारुलाई उपचारका लागि जनही १०– १० हजार र मधुवन नगरपालिकाका क्यान्सर पिडित विरामीलाई उपचार खर्चका लागि नगद २१ हजार हस्तान्तरण गरिने के.सी. ले जानकारी दिनुभयो ।