बर्दिया प्रहरीले बढैयाताल गाउँपालिका वडा नं.३ भोलागौडी मान्झुण्डी सामुदायीक बन नजिक बाट लागु औषध चरेस सहित ३ जना पक्राउ गरेको छ ।
बाँके खजुरा गाउँपालिका वडा नं.६ सिमलघारी बस्ने बर्ष २६ को कमल बिश्वकर्मा, बर्ष ३२ को कालि बहादुर चदारा र बर्दिया बढैयाताल गाउँपालिका वडा नं.८ शितलाबजार बस्ने बर्ष ४८ को बल बहादुर कामी लाई ६९४ ग्राम लागु औषध चरेस सहित पक्राउ गरेको हो ।
ADVERTISEMENT
शंकास्पद तरिकाले उभिएर कुरागरीरहेको अवस्थामा फेला पारी उनिहरुको खानतलासी गर्दा निजहरुको साथमा रहेको कालो रंगको झोलाभित्र कालो प्लास्टिकमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
लागु औषध सहित निजहरुलाई कानून बमोजिम नियन्त्रणमा लिई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताउनु भयो ।