Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा बाघको आक्रमणबाट एक वृद्ध घाईते

घाईतेकाे बर्दिया जिल्ला अस्पतालमा उपचार हुँदै
  • बर्दिया टुडे
  • 3.2K
    SHARES
  •  

    बर्दियामा बाघको आक्रमणबाट एक वृद्ध घाईते भएका छन् ।

    मधुबन नगरपालिका वडा नं. १ ईन्द्रपुर बस्ने ७४ वर्षिय लालबहादुर थारु घाईते भएका हुन ।

    नजिकैको औराही सामुदायिक वनमा बाख्रा चराई रहेको अबस्थामा बुधवार साँझ ४ बजे पाटे बाघले उनलाई आक्रमण गरेको हो ।

    बाघको आक्रमण बाट उनको अनुहार चिथोरिनुका साथै दाहिने खुट्टाको साप्रामा समेत घाउ भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    घाईते लाल बहादुर थारुको बर्दिया जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij