Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा नेटवर्किङ्ग व्यवसाय गरी ठगी गर्ने ४ जना पक्राउ

  • बर्दिया टुडे
  • 4.6K
    SHARES
  • बर्दिया  । बहुराष्ट्रिय कम्पनी नेटवर्किङ्क व्यवसायको नाममा ठगी गर्दै हिड्नेहरुलाई पक्राउ गरी प्रहरीलाई सार्वजनिक गरेको छ । ओरेन्स ग्लोबल मार्केटिङ्ग प्रा. लि. नामक बहुराष्ट्रिय नेटवर्किङ्ग कम्पनीको नाममा ठगी गर्दै हिडेका ४ जनालाई शनीवार पत्रकार सम्मेलन गरी सार्वजनीक गरेको   हो ।

    बर्दिया प्रहरीले लामो समयको अनुसन्धान पछि कम्पनीकाे नेपाल प्रतिनिधि कैलाली, टिकापुर–१, बस्ने २५ बर्षिय साजन चौधरीलाई पक्राउ गरी चौधरीकै माध्यमबाट आरोपितहरुलाई पक्राउ गरेको हो । बर्दिया प्रहरीले गुलरिया नगरपालिका–४ बस्ने विवेक थारु, गुलरिया–५ का हिमाल भन्ने प्रजय चौधरी, बारबर्दिया नगरपालिका–७ बस्ने दिपक चौधरी, राजापुर नगरपालिका–३ बस्ने आशा थारुलाई पक्राउ गरेको छ ।
    नेटवर्किङ्ग व्यापार मार्फत गाउँका सोझा साझा जनतालाई प्रलोभन देखाई यसको सदस्य बनेपछि १० देखि २० प्रतिशत सम्म औषधीमा छुट पाउनुका साथै सदस्यता बढाउदै लगेमा पद बढ्दै जाने र कम्पनीको उत्पादनमा २४ प्रतिशत सम्म छुट पाउने सुविधाको प्रलोभन देखाई नेपालीलाई ठगी गरीरहेको प्रहरीको भनाई रहेको छ ।


    ADVERTISEMENT

    images

    भारतको लखीमपुर बाट नेचुरल वेल इन्टरप्राइजेज नामक उपशाखा कार्यालय खोली फुट प्रोडक्टको नेटवर्किङ्ग व्यवसाय नेपालमा संचालन गरीरहेको भन्ने सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बताए ।

    नेटवर्किङ्क व्यापारबाट कैलाली, कन्चनपुर, बाँके, बर्दिया र दाङ्ग जिल्लाका करिब २ सय जना पिडित व्यक्तिहरुलाई सिमा नाकाबाट उद्दार गर्नुका साथै यिनै पिडित व्यक्तिहरुबाट आरोपित पहिचान गरी पक्राउ परेका ४ जनालाई बर्दिया प्रहरीले ठगी मुद्दा चलाई अनुसन्धान भैरहेको जनाएको छ ।  बर्दिया प्रहरीमा परेकाे ५ जना पिडितहरुको संयुक्त जाहरीका आधारमा उनीहरुलाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाले ठगीबाट पिडित हरुले आफु ठगीएको रकमको क्षतीपुर्तिको मागदबी सहित यस कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ । आरोप प्रमाणित भएमा मुलुकी अपराध संहिता २०७४ ले ७ बर्ष कैद र ७० हजार जरीवाना हुने कानुनी व्यवस्था रहेको छ ।

    नेटवर्किङ्ग ठगीको नाममा मुख्य आरोपितहरु मध्ये ४ जनालाई पक्राउ गर्न सफल अपराध अनुसन्धान शाखाका प्रहरी सहायक निरिक्षक टंक ठकुल्लालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले सम्मान गरेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij