Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवामा भएको हात्ती आक्रमणबाट आमाको घटनास्थलमै र छोरीको उपचारका क्रममा मृत्यु

  • बर्दिया टुडे
  • 2.2K
    SHARES
  •  

    बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । निकुञ्जभित्रबाट गाउँ पसेको जंगली हात्तीको आक्रमणबाट सोमबार राती गेरुवा गाउँपालिका १ सर खोल फचकपुरकी ३७ वर्षीया चन्द्रा विकको ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।

    गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उहाँकी तीन वर्षीया छोरी दीपिकालाई सोमबार राति झण्डै ९ बजेतिर जंगली हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।

    हात्तीको आक्रमणबाट चन्द्राको घटनास्थलमा ज्यान गएको छ । मृतक चन्द्राकी छोरी दीपिका गम्भीर घाइते भएकाले उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज लगिएको थियो ।

    दिपिकाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको साहायक संरक्षण अधिकृत थापाले बताए । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठ सहितको टोली मंगलबार बिहान घटनास्थलतर्फ पुगेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij