बर्दियाको मधुवनमा साेमवार देखी एक हप्ता सम्म पुर्ण रुपमा निषधाज्ञा हुने
बर्दिया टुडे
जेठ २, २०७८ आइतवार
१६:५३:३६ मा प्रकाशित
2.1K
SHARES
2.1K
SHARES
बर्दियाको मधुवन नगरपालिकामा साेमवार देखि एक हप्तासम्म कडा रुपमा निषधाज्ञा लागु हुने भएको छ ।
आइतवार मधुवन नगरपालिकामा बसेको सर्बपक्षिय बैठकले जेष्ठ ३ गते देखी ८ गते मध्यराती सम्म निषाधाज्ञा लागु गर्ने निर्णय गरेको हो ।
मधुवनमा दिनप्रतिदिन कोभिडका बिरामी बढ्दै गएका र मृत्युदर पनि बढिरहेकाले सो जोखिमलाई कम गर्न जेष्ठ ३ गते देखि एक हप्ता सम्म स्वास्थ्य संस्था बाहेक अन्य सम्पुर्ण क्षेत्रहरु पुर्ण रुपमा बन्द गरीन लागेको मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्री ( कृष्ण ) ले जानकारी दिए।
भोली देखी सहकारी संस्था , बैंक , बित्तिय सङघ संस्था , फलफुल , तरकारी पसल , हाट बजार , पसल , ब्यवसाय लगायत बजार पुर्णरुपमा बन्द गरीने भएको छ । यस्तै नगरपालीकाको कार्यालय , वडा कार्यालयहरु , सरकारी कार्यालयहरु समेत बन्द हुने छन । कसैले अटेर गरेमा संक्रमण रोग ऐन अनुसार कार्बाही समेत गरीने नगर प्रमुख क्षेत्रीले बताए ।
कोरोनाको महामारीबाट बाट बच्न सम्पुर्ण मधुवन नगरबासीहरुमा घरमा बसी स्वास्थ सुरक्षाका मापदण्ड पालना गर्न समेत नगर प्रमुख क्षेत्रीले आग्रह गरेका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय बर्दियाले पनि जिल्लाभर जेष्ठ १० गतेसम्म निषधाज्ञा लागु गरेपनि केही ब्यापारी , ब्यावसायीहरुले पसलहरु खुल्ला रुपमा सन्चालन गर्न थालेपछि नगरभित्र एक हप्ता पुर्णरुपमा निषधाज्ञा लागु गर्न स्थानीयबासीले नगरपालिकालाई आग्रह गरेका थिए ।
कोरोनाको दोस्रो लहर सुरु भएयता मात्रै अहिलेसम्म मधुवनमा २ सय २६ जना कोरोना संक्रमित भएका छन । जसमध्य १ सय १४ जना भने उपचारपछि निको भएका छन भने १ सय ३ जना सक्रिय संक्रमित रहेका छन । मधुवनमा कोरोनाको दोस्रो लहर सुरु भएयता मात्रै ९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । अहिले मधुवनमा ८४ जना होम आईसोलेसनमा , १८ जनाको बिभिन्न अस्पतालहरुमा र १ जनाको आईसियुमा उपचार भईरहेको छ ।