Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाकाे राजापुरबाट स्रोत नखुलेको अवैध रकमसहित एक जना युवक पक्राउ

  • बर्दिया टुडे
  • 2.3K
    SHARES
  •  

    बर्दियाकाे राजापुरबाट स्रोत नखुलेको अवैध रकमसहित एक जना युवक पक्राउ परेका छन् ।

    कैलाली टीकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरी १७ लाख ५० हजार भारतीय रुपैयाँसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएकाे छ ।

    कैलालीबाट  बाट बर्दिया आउने क्रममा कर्णाली सत्तिघाट पुलमा सु‍. प्र. प. ०१००८ प ८१४५ नम्बरकाे माेटरसाइकललाई चेक जाँच गर्दा चौधरीको साथबाट उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए ।

    चाैधरीले पछाडी बाेकेकाे झाेलामा २ वटा प्लास्टिककाे पाेकामा राखिएकाे अवस्थामा उक्त स्रोत नखुलेको अवैध रकम फेला परेकाे प्रहरीले जनाएकाे छ । 

    चौधरीलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान कार्यलय कोहलपुर बाँके पठाईएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij