गेरुवा गाउँपालिकाको गाडीलाई जनसेवामा समर्पित गर्दै एम्बुलेन्सको रुपमा प्रयोग गरिने
बर्दिया टुडे
बैशाख २६, २०७८ आइतवार
१३:५२:३० मा प्रकाशित
2.9K
SHARES
2.9K
SHARES
कोरोनाबाट संक्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्य सम्बन्धी विषम परिस्थितिलाई ख्याल गर्दै गाउँपालिकाले प्रयोग गर्दै आएको गाउँपालिकाको बा २ झ ३७२९ नम्बरको स्कार्पियो गाडीलाई समेत जनसेवामा समर्पित गर्दै निशुल्क एम्बुलेन्स को रुपमा प्रयोग गर्ने निर्णय गरेको अध्यक्ष जमान सिंह के.सी.ले बताएका छन ।
आईतवार विज्ञप्ति प्रकासित गरी अध्यक्ष के.सी.ले कोरोनाको बढ्दो संक्रमणका कारण बिरामीले समयमा एम्बुलेन्ससमेत नपाउने गरेको गुनासो आएकोले बिरामीलाई अस्पतालसम्म लैजान र घरसम्म ल्याउने कार्यको लागि गाडी प्रयोग गर्न दिएको जनाएका छन ।
“तोकिएका सवारी साधन प्रयोग गर्न गाउँपालिका कार्यालय अथवा फोन नं. ९८४८४४९१३४ / ९८४८११३८८७ मा सम्पर्क गर्न सकिने छ । यो संकटको घडीमा गाउँपालिकामा रहेका ट्रेक्टर र आफू आफ्नै मोटरसाइकल प्रयोग गरेर नगरवासीको सेवामा सदैव समर्पित हुने पनि जानकारी गराउँदछौं” के.सी.ले प्रकासित गरेको विज्ञप्तिमा भनिएको छ ।