Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कार्यालय भवनलाई आईसोलेशन केन्द्रका रुपमा प्रयोग गर्न दिईने

  • बर्दिया टुडे
  • 3.5K
    SHARES
  •  

    गेरुवा गाउँपालिका वडा नं. १ ले कोभिड - १९ संक्रमितका लागि आफ्नो कार्यालय भवन लाई आईसोलेशन केन्द्रका रुपमा प्रयोग गर्न दिने भएको छ ।

    स्वेक्षिक रुपमा आईसोलेसनका लागी वडा कार्यालयको भवन प्रयोग गर्न चाहने संक्रमितहरुले खाना तथा आवश्यक वस्तुहरु स्वयमले व्यवस्थापन गर्नुपर्ने र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नु पर्ने छ ।

    वडा कार्यालयले एक सूचना प्रकाशन गर्दै कोभिड- १९ को संक्रमण दिनप्रति दिन बढीरहेको वर्तमान अवस्थामा कोभिड-१९ नियन्त्रण र व्यवस्थापनका लागी वडा भित्रका संक्रमितहरुको लागी छुट्टै आईसोलेशन भवनको आवश्यकता लाई मध्यनजर गर्दै वडा कार्यालयको नवनिर्मित भवनलाई आईसोलेशनकालागी प्रयोग गर्न सकिने सम्बन्धीत सबैको जानकारीका लागि अनुरोध गरेको छ ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij