Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सामाजिक अभियान्ता के. सी. ले समुदायमा मास्क तथा हात धुने साबुन वितरण गरेर आफ्नाे जन्म दिन मनाए

  • बर्दिया टुडे
  • 1.7K
    SHARES
  •  

    बर्दियाको राजापुरका सामाजिक अभियान्ता सूर्य केसीले समुदायमा  मास्क तथा हात धुने साबुन वितरण गरेर आफ्नाे जन्म दिन मनाएका छन् ।

    कोरोना भाईरसको संक्रमणको जोखिम बढदै गएका बेला सामाजिक उत्तरदायित्व बहन गर्दै  आफू मात्र हाेईन समुदाय समेतलाई पनि सुरक्षित बनाउने अभिप्रायले समुदायमा मास्क तथा हात धुने साबुन वितरण गरी आफ्नाे जन्म दिन मनाएका हुन ।

    राजापुर नगरपालिका वडा नम्बर ४ को शान्तिपुरका २ सय भन्दा बढी घरधुरीलाई १ हजार थान साबुन र २ हजार थान सर्जिकल मास्क तथा ३ हजार थान कोरोना भाईरस संतेतना पम्प्लेट वितरण गरिएको केसीले बताए ।

    बढ्दै गएको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थानीयलाई सचेतना फैलाउने उद्देश्यले प्रत्येक घरघरमा पुगी संचेतना पम्प्लेट, मास्क तथा हात धुने साबुन वितरण गरिएको उनको भनाई छ ।

    केसीसँगै राजापुरका अन्य युवा समेत सामाजिक अभियानमा अग्रसर भएका थिए । अभियानमा राजापुरको शान्तिपुरका युवाहरु एकजुट भइ कोरोना संक्रमण रोकथाम सम्बन्धी माइकिङ समेत गरेका थिए ।

    साेही अवसरमा स्थानीय दीपेन्द्र खड्का र चेत नारायण चालिसेले उपलब्ध गराएकाे कोरोना सचेतना सम्बन्धी १० वटा ब्यानर गाउँका विभिन्न स्थानमा लगाइएको समेत उनले बताए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij