Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बिद्यालय बन्द गर्ने की खोल्ने ??

  • बर्दिया टुडे
  • 2.4K
    SHARES
  •  

    यो विषयमा अहिले व्यापक टिका टिप्पणी हुने गरेको हामीले सामाजिक सञ्जाल तथा जतात्यतै देख्ने गरेका छौं। वास्तव मै भन्नु पर्दा आआफ्नो तर्क सहित सकेसम्म प्रमाणित गर्न पनि पछि पर्दैनौ। यहाँ सबैको स्वार्थ र पिडा दुवै लुकेको छ । बाहिर जति सुकै स्वाङ्ग पारे पनि भित्री कुरा फरक छ। यहाँ ज्यानको माया सबैलाई हुन्छ। डर त्रास सबैलाई छ। तर विद्यार्थी, शिक्षक, अभिभावक र निजी क्षेत्रमा विद्यालय संचालक सबैको भित्री र बाहिरी दुवै कुरा रहेको छ र सबैले आफ्नो फाइदाको कुरा गर्नु यो मानवीय गुण हो । यसलाई अन्यथा लिनै पर्दैन।

    विद्यार्थी :

    सर्व प्रथम विद्यार्थीको बारे कुरा गर्ने हो भने पढाइ प्रति रुचि भएका विद्यार्थी अहिले चिन्तित छन् आफ्नो ज्यानको सुरक्षा सगै अध्ययन कार्यमा निरन्तरता र वार्षिक परीक्षा बारे चिन्ता व्यक्त गरिरहेका छन् । जसलाई पढाइ प्रति रुचि छैन उनीहरू कोभिड को असर भन्दा नी स्कुलको चार भित्ता बाट स्वतन्त्र हुन चाहिरहेका छन् जो स्कूल बन्द भए पनि उनीहरू घरमै सुरक्षित बस्छन् भन्ने मलाई विश्वास लाग्दैन। उनीहरू दिनभरि घर बाहिर घुमिरहने देख्छु म।

    शिक्षक:

    अब शिक्षकको कुरा गरौं । यहां शिक्षकका कुरा गर्दा दुईवटा पाटो हेर्न जरुरी छ । एउटा विद्यालय बन्द भए पनि सेवा सुविधा पाई रहने र अर्को विद्यालयको बन्द सगै आम्दानीको श्रोत बन्द हुने शिक्षक। जुन शिक्षक विद्यालय बन्द भएता पनि सेवा सुविधामा असर पर्दैन उ खरो तरिकाले तुरुन्तै विद्यालय बन्द गर्नु पर्छ भन्ने पक्षमा उभिएको देखिन्छ भने जसलाई विद्यालयको बन्द सगै रोजीरोटी गुम्ने र भोली घरको चुलो बल्न गार्हो हुने शिक्षक स्कूल बन्दको विपक्षमा उभिएको प्रस्ट देखिन्छ । यहाँ कसैले विद्यार्थीको स्वास्थ्यको बारेमा चिन्ता व्यक्त गरेर विद्यालय बन्द र खोल्ने विषयमा तर्क गरेको वास्तविकता मलाई लाग्दैन। यहां आफू र आफ्ना विद्यार्थी भाई बैनीहरु को स्वास्थ्य भन्दा आफ्नो लाभमा रहेर तर्क गरेको कुरा कताकता भित्री मनमा खड्की रहेको हुन्छ ।

    अभिभावक:

    उद्योग, कलकारखाना, कार्यालय वा घरयसी काम काजमा व्यस्त हुने र बालबालिकाको रेखदेख गर्न नभ्याउने अभिभावक विद्यालय बन्दको पक्षमा देखिँदैनन्। मावि तहमा अध्ययनरत बाला बालिका का अभिभावक विद्यालय बन्द भए छोराछोरी भौतारिएर झन् बिग्रिन्छन कि भनेर नी बन्दको पक्षमा उभिदैनन्। अलिकति सुविधा सम्पन्न घरका अभिभावक ले चाहिँ अनलाईको सुविधा हुने र संवेदनशीलता बुझेका अभिभावकले चाहिँ तत्कालको अवस्था पर्ख र हेर भन्ने मानसिकता राखी विद्यालय बन्द भए ठिकै होला सम्म भन्न भ्याउने छन्।

    निजी विद्यालय संचालक:

    यहां सबैभन्दा विद्यालय बन्दको बिरुद्दमा आवाज उठाउने निकाए यही हो। नहोस् पनि किन व्यक्तिगत लगानी जो धेरै रहेको छ। अलिकति सुविधा सम्पन्न हुने हरुकोमा ठूला वडाको छोराछोरी पद्दछन् जो अनलाइनको माध्यम बाट जसोतसो चलाई फि पनि उठाइ हाल्छन्। झण्डै एक वर्ष घरभाडा तिरेर भबिस्य सम्झेर बसेका थिए र भर्खरै सञ्चालनमा आएको विद्यालयमा फि उठ्ने भन्ने कुरा अति न्यून छ अहिले सम्म को फि डुब्ने सगै आम्दानीको श्रोत बन्द हुने पका भए पछि घर भाडा लगाएतको खर्च कसरी धान्ने भन्ने चिन्ताले गर्दा उनीहरू विद्यालय बन्दको विपक्षमा उभिएका प्रष्ठ देख्न सकिन्छ। यस अघिको बन्दाबन्दिमा जसोतसो अनलाइन कक्षा सञ्चान गरेर खर्च कम बाटै धेरै आम्दानी गर्न सफल रहेकाले भने विद्यालय बन्दको पक्षमा उभिएको देख्न सकिन्छ। अहिले जता त्यतै खुलेका एफ एम रेडियो र निजी टिभि संचालक पनि विद्यालय बन्दको पक्षमा रहेको देख्न सकिन्छ किन की यहां पनि स्वार्थ लुकेको छ ।

    बालबालिकाको स्वास्थ्य भन्दा आफ्नो आम्दानी हुने कुराले लोभ्याई रहेको छ । जुन कुरा हामीले यस अघि प्रष्ट रुपमा देखि सकेको छौं। तेसैले अन्त्यमा यहां कसैले पनि आफ्ना बालबालिका विद्यार्थी भाई बैनीको स्वास्थ्य संग दाजेर नभई आफ्नो लाभको पल्ला भारी हुने गरी विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने विषयमा तर्क प्रस्तुत गरेको मेरो व्यक्तिगत विशेषण छ। मलाई लाग्छ यो कुरा तीतो त छ तर सत्य पक्कै लुकेको छ । कसैको जीवनमा मेल खाएमा वा मनमा ठेस पुगेमा माफी चाहन्छु तर वास्तविकता यही हो । धन्यवाद!

    (लेखक नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, ठाकुरद्वारा बर्दियाका शिक्षक हुनुहुन्छ ।)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij