Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बाल विवाह न्यूनिकरणमा पत्रकारको भूमिका बिषयक एक दिने अन्तरक्रिया बैठक सम्पन्न

  • बर्दिया टुडे
  • 2.2K
    SHARES
  •  

    बाल बिबाह चाडै तथा जबरजस्ती गरिने न्यूनिकरण परियोजना भन्ने मूल नाराका साथ बाल विवाह न्यूनिकरणमा पत्रकारको भूमिका बिषयक एक दिने अन्र्तक्रिया बैठक बर्दियाको गुलरियामा सम्पन्न भएको छ । सोमबार भएको अन्र्तक्रिया बैठकमा बाल विवाह न्यूनिकरणमा पत्रकारको भूमिका बारे छलफल गरिएको छ ।

    बालविवाह न्यूनिकरणका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने कार्यक्रमका सहभागीहरुले बताएका छन् । पछिल्लो समय बर्दियामा बालविवाह बढ्दै गएको भन्दै त्यसको रोकथामका लागि पत्रकारहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने सहभागी पत्रकारहरुले बताएका हुन् ।

    कार्यक्रममा बाल विवाह रोकथाम परियोजनाका फिल्ड सुपरभाइजर सपना शर्माले आफनो संस्थाले गरेका कार्यहरुको बारेमा बताउदै बालबिवाह रोकथाममा पत्रकारहरुको महत्वपूर्ण भूमिका भएको बताउनु भएको छ । जिल्लामा बालबिवाहका घटना रोकथाम तथा न्यूनिकरणमा पत्रकारहरुले कार्य योजनासहित आफ्ना सञ्चार माध्यममा खोजमूलक समाचार सम्प्रेषण गरेमा धेरै प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भएको छ ।

    प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाके यूनोस्को क्लब बर्दियाले आयोजना गरेको उक्त कार्यक्रममा संस्थाले बिभिन्न संध संस्था ,स्थानिय पालीका ,नागर्ीक समाज र धर्मग्रु लगाायत सरोकार वाला हरुसंग समन्वय गर्दैै काम गरीरहेको शर्माले बताउनु भयो ।

    बालअधिकार र बाल संरक्षणका सवालहरु, स्थानीय सरकारमा हुनुपर्ने बाल संरक्षण सम्बन्धी संयन्त्रर र बालविवाह न्यूनिकरणका लागि पत्रकारहरुको भूमिका बारेमा सहजकर्ता जनक चौधरीले छलफल गर्नु भएको थियो ।

    नेपाल पत्रकार महासधं बर्दियाका अध्यक्ष यादव आचार्यले उपस्थिति सबै पत्रकारहरुले आफुहरुले बलविबाह न्युनीकरण गर्न खेलेको भूमिकालाई सह्राना गर्दै आगामी दिनहरुमा पनि सक्रिय रुममा लैजाने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij