Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

लालपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, ३ जना घाइते

  • बर्दिया टुडे
  • 5.5K
    SHARES
  •  

    राजापुर नगरपालिकाको लालपुरमा सोमवार दिउसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने ३ जना घाइते भएका छन् ।

    मनाउ तर्फ जाने भित्री सडक खण्डमा खैरीचन्दनपुर बाट मनाउ तर्फ जादै गरेको भे ६ प २४०८ नम्बरको मोटरसाइकल र बिपरित दिशा तर्फ बाट आउदै गरेको प्रदेश से ७ प ५६९३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    दिउसो १५ः२० बजे भएको दुर्घटनामा टाउको भित्री भागमा चोट लागी गम्भीर घाइते भएका गेरुवा गा.पा.३ शान्तिबजार निवासी ३२ वर्षीय तपेश सोडारीको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा १६ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीेले जानकारी दिए ।

    दुर्घटनामा मभुवन नगरपालिका वडा नं. ६ गाँउ नं. २ बस्ने बर्ष २० को रोशन पुन मगर, बर्ष १८ को मदन गुरुङ र बर्ष १६ को गगन अधिकारी घाईते भएका छन् । घाईते ३ जना मध्ये दाहिने खुट्टा भाँचिएका गुरुङको उपचारका लागि नेपालगञ्ज पठाईएको र अन्य २ जनाको उपचार स्थानिय तिलगंगा मेडिकलमा भईरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij