Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

लगानी मैत्री बाताबरण निर्माण भए लगानी गर्न तयार छौं - अध्यक्ष श्रेष्ठ

  • बर्दिया टुडे
  • 2.2K
    SHARES
  •  

    बर्दिया जिल्लामा उद्योग संचालन गर्न लगानी मैत्री बाताबरण निर्माण गर्नुपर्ने देखिएको छ ।

    जिल्लामा उद्योग स्थापना गरि उद्योगीहरुलाई जिल्लामै रोक्न ढुक्कको बाताबरण बनाउनु पर्नेमा जोड दिइएको छ ।

    बर्दिया एलपी ग्याँस विक्रेता संघ बर्दियाका अध्यक्ष इन्द्र कुमार श्रेष्ठले जिल्लामा लगानी लगाउन उद्योगीहरु तत्पर भए पनि उद्योगीहरुले लगानी मैत्री बाताबरण नपाएका कारण हुन नसकेको बताए ।

    उद्योगीहरुकोे सुरक्षा, लगानीको प्रतिफल लगायतका कुरामा ढुक्क बनाउने सके जिल्लामा व्यापारीहरु लगानी गर्न तयार रहेको अध्यक्ष श्रेष्ठले बताए । रकम लगानी गर्न सक्ने व्यापारीहरु अन्य स्थानमा गइ आफनो व्यापार गर्ने गरेको उनले भने ।

    स्थानिय सरकार तथा स्थानिय प्रशासनले लगानी मैत्री बाताबरण निर्माणमा चासो देखाए स्थानिय स्तरमा लगानी गर्ने व्यक्ति प्रशस्तै रहेको उनको भनाई थियो ।

    जिल्लामा छरिएर रहेका ग्यास विक्रेताहरुलाई २०७५ सालमा एकाकृति गरि एलपी ग्याँस विक्रेता संघ बनाई विक्रेताहरुको समास्या समाधान गर्न खोजिएको श्रेष्ठले बताए ।

    स्थानिय स्तरमा विभिन्न उद्योगहरु संचालन गर्न सके रोजगारीको सिर्जना हुनुको साथै आर्थिक समृद्धि हासिल गर्नमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

    उद्योगीहरुलाई लगानी गर्न र स्थानिय व्यापारीलाई स्थानिय स्तरमै रोक्न उद्योग बाणिज्य संघले समेत ध्यान दिन अवश्यक रहेको श्रेष्ठले बताए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij