एकल महिला समुह बर्दियाको चौथो अधिवेशन तथा पाँचौ साधारण सभा सम्पन्न
बर्दिया टुडे
माघ १०, २०७७ शनिवार
०७:५३:२७ मा प्रकाशित
2.8K
SHARES
2.8K
SHARES
एकल महिला समुह बर्दियाको चौथो अधिवेशन तथा पाँचौ साधारण सभा सम्पन्न भएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले एकल महिलाहरुले आफुलाई कमजोर नठान्न आग्रह गरेका छन ।
एकल महिलाहरु संग नेपालको संविधानबम साथै आत्मसम्मानले बाँच्न पाउने अधिकार सवैलाई भएकाले एकल महिलाले कुनै किसीमको हिनताबोघ नठान्न आग्रह गरेका हुन ।
एकल महिलाले रातो लगाउने अभियान नेपालमा सवै भन्दा ठुलो अभियान भएको उनले बताए ।
एकल महिला संग सवै किसीमका सरकारका साथै पुरै राज्यसंयन्त्र भएको हुनेले कक्ति पनि हिनताबोध नगरि महिलाको हक अधिकारीका लागी कार्यक्रम गर्न आह्वान गरेका छन ।
ADVERTISEMENT
मानव अधिकारका लागी महिला भन्ने मुल नारा सहित एकल महिला समुह बर्दियाको चौथो अधिवेशन तथा पाँचौ साधारण सभामा बोल्दै बर्दियाका प्रजिअ अधिकारीले एकल महिलाको समुहिक हितका लागी हरेक सरकार तत्पर रहेको बताएका हुन ।
कार्यक्रममा गुलरिया नगरपालिकका नगरप्रमुख मुक्तिनाथ यादवले एकल महिला सधै सेतै कपडा लगाउनु पर्ने मान्यतालाई मात्र नअपनाई आफनो आत्मसम्मान हुने गरि लुगा लगाउनु पर्ने बताएका छन ।
नेपाली समाजलाई पुरुष प्रधान समाज भनिएको भएपनि संसार महिलाका कारण अगाडी बढीरहेको उल्लेख गर्दै उनले यो देश महिला प्रधान भएको तर्क गरे ।
मानव अधिकारका लागी एकल महिला समुह लुम्बिनी प्रदेशकी अध्यक्ष जानुका धिमिरेले एकल महिलाहरु अव संस्थागत रुपमा विभिन्न कार्यहरु गर्दै अगाड बढनु पर्ने बताइन् ।
प्रत्येक जिल्लामा अब परिचय पत्र निर्माण, संगठन निर्माण गरि स्थानिय सरकार संग विभिन्न कार्यक्रमका लागी समन्वय गर्नुपर्ने र आफै उद्यमी बन्नु पर्ने अवश्यकता रहेको बताइन् ।
भने एकल महिलाका लागी छुटै उद्योग दर्ता गरि महिलाहरुलाई उद्यमी बनाउनु पर्नेमा जोड दिईन् ।