Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बेमौसमी तरकारी खेतीका लागि आवश्यक सामग्री हस्तान्तरण

  • बर्दिया टुडे
  • 2.9K
    SHARES
  •  

    राजापुर नगरपालिकाका १० जना कृषकहरुलाई बेमौसमी तरकारी खेतीका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

    कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत राजापुर नगरपालिका अन्तर्गतका प्रत्येक वडावाट १/१ जना कृषक छनौट गरी मोटर, ड्रम, किटनाशक छर्ने स्प्रे, ट्याङ्कि लगायत २५ किसिमका बेमौसमी तरकारी खेतीका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरिएको हो ।


    ADVERTISEMENT

    images

    तयार नेपालको आर्थिक सहयोग, राजापुर नगरपालिकाको समन्वयमा गेरुवा ग्रामीण जागरण संघले उपलब्ध गराएको बेमौसमी तरकारी खेतीका लागि आवश्यक सामग्रीहरु राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तराज अधिकारी र बर्दिया उद्योग बाणिज्य संघ राजापुरका अध्यक्ष कृष्ण कुमार रेग्मीले एक कार्यक्रमका विच कृषकहरुलाई हस्तान्तरण गरेका हुन ।

    कार्यक्रममा गेरुवा ग्रामीण जागरण संघका कोषाध्यक्ष लक्ष्मण चौधरी, राजापुर नगरपालिकाका प्रशासन शाखा प्रमुख खड्ग बहादुर वली, तयार नेपालका कार्यक्रम अधिकृत श्री कृष्ण चौधरी लगायतको उपस्थिती रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij