राष्ट्रिय राजनीतिमा देखिएको कालो वादल वैशाखमा हट्छ : मुख्यमन्त्रि पोख्रेल
बर्दिया टुडे
पौष २८, २०७७ मंगलवार
२०:५९:३५ मा प्रकाशित
2.5K
SHARES
2.5K
SHARES
लुम्बिनी प्रदेशका मुख्यमन्त्रि शंकर पोख्रेलले राष्ट्रिय राजनितीमा देखिएको कालो बादल बैशाखमा फाट्ने बताएका छन् ।
राष्ट्रिय राजनितीमा नेतृत्वकर्ता बीच पदिय झगडाका कारण देखिएको कालो बादल आउने बैशाखको निर्वाचनका माध्ययबाट फाटने र मुलुक समृद्धिको दिशामा जाने मुख्यमन्त्रि पोख्रलले बताएका हुन ।
मंगलबार बर्दियाका गुलरिया नगरपालिकामा शिवगंगा आँखा उपचार केन्द्रको भवनको उद्घाटन समारोहमा बोल्दै मुख्य मन्त्रि पोख्रलले यस्तो बताएका हुन ।
संसद चल्न नदिने, सरकारमा घेराबन्दिको स्थीती हुने लगायतका समास्याबाट निस्कन प्रधानमन्त्रिले जनताको बीचमा जाने फैसला गर्नु भएको मुख्यमन्त्रि पोख्रले जानकारी दिए ।
मुख्यमन्त्रि पोख्रेलले सधै भरिको बादविवाद बाट समृद्धि हासिल गर्न असम्भव रहेको समेत बताएका छन ।
जनता अधिकारी सम्पन्न भएकाले नेपालमा सधै भरि राजनैतिक वादविवादले जनतालाई प्रदान गर्न चाहेको समृद्धि दिन नसकिने बताएका हुन ।
मुलकलाई कसरी समृद्ध बनाउने, जनतालाई कसरी सुखी बनाउने भन्ने विषय आजको मुल राजनिती भएको उनको भनाई थियो ।
निर्वाचनका बेला एउटाका अनुहार देखाएर भोट माग्ने र जिति सकेपछि प्रधानमन्त्रि बन्न अरुले खोज्ने कुराको अन्त्य भएपछि नै नेपालको राजनिती सहि बाटोमा जाने उनले विश्वास व्यक्त गरे ।