Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

पूर्वानुमानमा आधारित विपद पूर्वकार्य अन्तर्गत सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धि दुई दिने अभिमुखिकरण

  • बर्दिया टुडे
  • 2.4K
    SHARES
  •  

    पूर्वानुमानमा आधारित विपद प्रतिकार्य अन्तर्गत सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम भुरिगाउँमा सम्पन्न भएको छ ।

    नेपाल रेडक्रस साेसाइटी,जिल्ला शाखा बर्दियाकाे आयाेजना र ठाकुरबाबा उपशाखाकाे संयाेजनमा ठाकुरबाबा नगरपालिका १ भुरिगाउँमा आयाेजित कार्यक्रमकाे शुभारम्भ गर्दै प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले विपद व्यवस्थापन सम्बन्धि यश प्रकारका तालिमहरूबाट समुदायस्तरमा काम गर्ने स्वयंसेवकहरूमा क्षमता अभिवृद्धि भइ विपद न्यूनीकरणका लागि याेजना निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

    यसैगरी कार्यक्रमकाे समापन समाराेहलाई सम्बाेधन गर्दै ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले यस प्रकारका तालिमबाट सिकेका सिपहरूले विपदकाे जाेखिम कम गर्न सहयोग पुग्ने भएकाले तालिम प्राप्त जनशक्तिहरू नगरपालिकाकाे सम्पतिकाे रूपमा रहने विचार व्यक्त गरे ।


    ADVERTISEMENT

    images

    नेपाल रेडक्रस साेसाईटी,ठाकुरबाबा उपशाखा सभापति यज्ञप्रसाद नेपालकाे सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस साेसाईटी,बर्दिया जिल्ला शाखा उपसभापति नवराज ढुंगाना र पूर्वानुमानमा आधारित परियोजना फिल्ड कार्यालय नेपालगन्जका कार्यक्रम अधिकृत बिनाेद लामिछानेले कार्यक्रमकाे उद्देश्य माथि प्रकाश पार्दै विपद र जाेखिममा पर्ने समुदायमा रहेका सामाजिक रूपले पछाडि परेका व्यक्तिहरूका लागि लक्षित गरेर रेडक्रसले कार्यक्रम संचालन गर्न लागेकाे जानकारी दिए ।

    सहभागीहरूकाे तर्फबाट ठाकुरबाबा नगरपालिका महिला तथा बालबालिका शाखा प्रतिनिधि गाेगनसरा आचार्य र रेडक्रस स्वयंसेवक धर्मराज घर्तीले तालिम अत्यन्तै उपलब्धिमुलक रहेको वताए ।

    ठाकुरबाबा नगरपालिकाका जनप्रतिनिधि,विषयगत शाखा प्रमुखहरू,प्रहरी प्रतिनिधि र रेडक्रसका स्वयंसेवक गरि २५ जनाकाे सहभागिता रहेको कार्यक्रममा नेपाल रेडक्रस साेसाईटीका कार्यक्रम अधिकृत लाैटन चाैधरी र अच्युत सुवेदीले सहजीकरण गरेका थिए ।

    डेनिस रेडक्रसकाे सहयोगमा नेपाल रेडक्रस साेसाईटीद्वारा संचालित पूर्वानुमानमा आधारित विपद प्रतिकार्य सम्वन्धी सामाजिक सुरक्षा कार्यक्रम बर्दिया जिल्लाका ठाकुरबाबा,बारबर्दिया र गुलरिया नगरपालिकामा संचालन भइरहेकाे छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij