Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा उद्योग, बाणिज्य र आपुर्तिको क्षेत्रमा सम्भावना खोजी रहेको छु : राज्यमन्त्रि वि.क.

  • बर्दिया टुडे
  • 3.9K
    SHARES
  •  

    उद्योग, बाणिज्य तथा आपुर्ति राज्यमन्त्रि विमला वि.क.ले जिल्लामा विभिन्न विकासको सम्भावनाको खोजी गरि रहेको बताएकी छिन ।

    विभागीय मन्त्रिमा नियूक्त भए पछि पहिलो पटक जिल्ला आएकी राज्यमन्त्रि विकले बर्दियामा वर्षाैं देखी कुरा उठेदै आएको तर समाधान हुन नसकेको क्षेत्रमा आफुले ध्यान दिने बताइन ।

    आफुले बर्दियाको प्रतिनिधी भएकाले पनि जिल्लामा उद्योग, बाणिज्य र आपुर्तिको क्षेत्रमा हिजो हुन नसकेका विकासको सम्भावना खोजी रहेको बताएकी हुन ।

    बर्दिया जिल्लामा लामो समय देखी व्यापक चर्चा चलेको तर अहिल सम्म पनि व्यवस्थित भन्सार स्थापना नभएको उल्लेख गरिन् ।

    त्यस्तै जिल्लाको राजापुरमा रहेको आधुनिक चामल कारखानालाई समेत व्यवस्थित गर्ने, भन्सार कार्यलयलाई व्यवस्थित बनाउने आफनो प्राथमिकतामा परेको उनको भनाई थियो ।

    सदरमुकाम गुलरियामा आयोजना गरिएको एक स्वागत तथा बधाई कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिंदै राज्यमन्त्रि विकले बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाँउपालिका क्षेत्रमा विशेष किसिमका आर्थिक क्रियालापहरु संचालन गर्ने योजना भएको बताईन ।

    विभिन्न सामाग्रीरुका सन्दर्भमा सधै नाप तौल तथा गुणस्तरका क्षेत्रमा पनि आलोचना हुँदै आएकाले बर्दिया जिल्लामा मात्र नभई देश भरमै यसको सुधार सुधारका निम्ती पहल गर्ने राज्यमन्त्रि वि.कले बताईन ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij