चार दिनसम्म मनाइने छठ पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत्रुपमा सम्पन्न हुने गर्दछ । छठको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने भोली पल्ट विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ । यो पर्वको व्रत बसेमा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास रहेको छ । छठ पूजाका लागी अवश्यक तयारी सामग्री नदी किनारमा जम्मा पारिएको छ ।
छठ पर्वका अवसरमा गुलरियाको सरयु नदिको आसपास छठ पर्वको धुमधामका साथ मनाउन घाटलाई पुरै सिगार्न शुरु गरिएको छ । मिथीला सांस्कृतिक प्रतिष्ठान लगायत व्रतालुहरुले गुलरिया स्थीत सरयु नदि भादा घाटलाई झकीझकाउ सजाउन थालेका हुन । सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया देखी नेपालगंज जोडने सरयू नदि भादाघाटमा छड पर्वका अवसरमा छठपर्वका बेला भक्तालुहरुको चहलपहल बढ्ने गरेको पाइन्छ । बर्दियामा पछिल्ला केही समय देखी मात्र सुरु गरिएको छठ पर्वमा अधिकांश समुदायको उपस्थिती हुने गरेको हेर्न सकिन्छ । स्थानिय जनप्रतिनिधी, राजनितीक दल, सुरक्षा निकायबाट सहयोग पाउँदापनि नदिले प्रत्येक वर्ष घाट परिवर्तन गर्नले स्थायी रुपमा स्थान नपाउनु मुख्य समास्य भएको मिथीला सांस्कृतिक प्रतिष्ठान छठ पुजा समितीका अध्यक्ष सुधाकर मिश्रको भनाई छ ।
मुख्य विधि अन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख र समृद्धिे हुने जनविश्वास रहेको पुजा समितीका सचिव सन्दिप कर्णले बताए । उक्त पर्वमा मिथिलाबासीको मात्र नभइ सवै समुदायले मन पराउने भएकाले भक्तालुहरुको सहभागिता बढने गरेकाले पहिले भन्दा अझ व्यवस्थित तरिकाले जाने सोंच आफुहरुको रहेको पुजा समितीका सचिव कर्णको भनाई छ ।
यसैबीच गुलररिया नगरपालिका वडा नम्बर ७ को बदलुपुर संग कटी गाँउ जोडने सरर्यु खोलामा पनि छठ पर्व मनाउन तयारी गरिएको छठी मैया पुजा समितीका संयोजक मनोज यादवले बताए । उक्त पर्वका अवसरमा शनिबार साझ ७ बजे प्रसिद भजन गायक गायिकाको संगीतीक प्रस्तुतिका साथै भजन किर्तनको कार्यक्रम अयोजना गरिएको यादवले बताउनु भयो । छठ पर्वलाई तराइ मधेसका भोजपुरी र मैथीलीभाषीको पर्व भनिएको भए पनि छठी माता प्रतिको आस्थाबाट प्रभावित भई नेपालको पहाडी भेग, तराई मधेसका केही मुस्लिम धर्मावलम्बीले पनि छठ पर्वको व्रत लिएर छठी माताको पूजा आराधना गरेको बताइन्छ । तराई मधेशमै बस्ने पहाडी मूलका अधिकांशले पनि छठ पर्व मनाउन थालेकाले यो पर्वले तराई मधेस र पहाडको सम्बन्धलाई एक आपसमा जोड्ने गरेको पनि देखिन्छ ।