पुर्व-पश्चिम राजमार्गको अम्रेनी-कर्णाली चिसापानी सडक खण्डमा राती ८ बजे देखि ६ बजे बिहानसम्म यात्रा गर्न प्रतिबन्ध
बर्दिया टुडे
पौष १८, २०७७ शनिवार
२१:२४:५७ मा प्रकाशित
2.4K
SHARES
2.4K
SHARES
बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने पुर्व-पश्चिम राजमार्गको अम्रेनी-कर्णाली चिसापानी सडक खण्डमा राती ८ बजे देखि ६ बजे बिहानसम्म यात्रा गर्न प्रतिबन्ध लगाइएको छ।
शनिबार राष्ट्रिय निकुञ्ज कार्यालयले एक सुचना जारी गर्दै सो कुराकाे जानकारी दिएको हो।
उक्त सडक खण्डमा विगत केही महिनायता पाटे बाघको अत्याधिक चहलपहल बढेकाले राती ८ बजेदेखि विहान ६ बजेसम्म पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न प्रतिबन्ध लगाइएको सुचनामा उल्लेख गरिएको छ।
शुक्रवार राती बाघको आक्रमणबाट मोटरसाइकलमा सवार एकजनाको ज्यान समेत गएकोले यस्ता घटनालाई मध्यनजर गर्दै प्रतिबन्ध लगाइएको समयमा यात्रा नगर्न समेत निकुञ्ज कार्यालयले सर्वसाधारणलाई अनुरोध समेत गरेको छ।