Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

न्यायिक समिती सदस्य, शिक्षक र मेलमिलाप कर्तालाई मनोसमाजिक परामर्श तालिम

  • बर्दिया टुडे
  • 2.1K
    SHARES
  •  

    स्थानिय तहमा न्यायिक समितिमा आएका विभिन्न हिंसाका सवालहरुमा वकालत तथा प्रभावितलाई न्यायको पहुँच सम्म पु¥याउने उद्धेश्यले मनोसामाजिक परामर्श तालिम दिइएको छ ।

    गाँउ गाँउमा स्थानिय सरकारको पहुँच हुने वित्तिकै स्थानिय तह अन्तर्गत रहेको न्यायिक समितीका सदस्य, शिक्षक र मेलमिलाप कर्ताहरुलाई ५ दिने मनोसमाजिक परामर्श तालिम दिइएको हो ।  

    विभिन्न क्षेत्रमा घट्ने गरेका हिंसा तथा दुर्व्यवहार, पारिवारिक कलह तथा घर समाजमा गरेका विभिन्न किसिमका महिला तथा बालबालिका माथी हुने हिंसाहरु प्रति थप सजकता अपनाउँदै तनाव व्यवस्थापन गर्न र स्थानिय तहमा रहेको न्याययिक समितीमा आएका घटनाहरु माथी वकालत तथा व्यवस्थापन गर्नमा तालिमले टेवा पु¥याउने उद्धेश्यले तालिम प्रदान गरिएको संस्थाले जनाएको छ ।

    बाँके युनेस्को क्लब बाँकेको आयोजना र प्लान इन्टरनेशनल क्षेत्रिय कार्यलय सुर्खेतको आर्थिक सहयोगमा उक्त तालिम दिइएको हो ।

    तालिमका सहभागीहरुले विवाद तथा तनाव व्यवस्थापन गर्ने संवेदनशिल विषयमा प्रभावित व्यक्तिहरुको मनोवल र आत्मसम्मानको सम्मान गर्दै आफनो जिम्मेवारीलाई पुर्ण रुपले निर्वाह गर्ने संस्थाले विश्वास लिएको छ ।

    मनोसमाजिक परामर्श हरेक नागरिकलाई आवश्यक रहेको हुँदा न्यायिक क्षेत्रमा काम गर्ने  व्यक्तिहरुलाई सो तालिम प्रदान गरिएको बाँके युनेस्को क्लब गुलरियाकी फिल्ड सुपरभाइजर शपना शर्माले जानकारी दिईन ।

    गुलरियामा संचालन भएको उक्त ५ दिने मनोसमाजिक परामर्श तालिमको शहजीकरण निर्जला भट्टराईले गरेकी थिईन भने कार्यक्रमकाे संचालन बाँके युनेस्को क्लब गुलरियाकी फिल्ड सुपरभाइजर शपना शर्माले गरेकी थिईन ।

    समाजमा शिक्षाको कमि, आर्थिक अभाव, वेरोजगारी लगायतका कारण विभिन्न हिंसाहरु घट्ने गरेको तालिममा जानकारी दिइएको थियो । विभिन्न अभावका कारण निम्तिने समस्या समाधान गर्न तालिमले सहयोग पुग्ने बाँके युनेस्को क्लब गुलरियाकी फिल्ड सुपरभाइजर शपना शर्माले बताईन  । उक्त तालिम बाल संरक्षण परियोजना मार्फत प्रदान गरिएको तालिम थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij