माइती नेपालद्वारा एक वर्षमा ८३ जनाको सिमानाकावाट उद्धार
बर्दिया टुडे
पौष १७, २०७७ शुक्रवार
२१:०८:१० मा प्रकाशित
1.7K
SHARES
1.7K
SHARES
माइती नेपाल बर्दियाद्धारा सिमा नाका बाट एक वर्षमा ८३ जनाको उद्धार गरिएको छ ।
मानब बेचबिखन तथा ओसारपसार बिरुद्धका क्रियाकलापहरु संञ्चालन गर्ने क्रममा माइती नेपाल बर्दियाले सन् २०२० जनवरी देखी डिसेम्बर सम्म एक बर्षको अवधीमा नेपाल भारतको सिमा र देस भित्रै बिभिन्न हिंसामा परेका महिला तथा बालबालिका गरि ८३ जनालाई उद्धार गरि आवसिय परामर्श सेवा प्रदान गरिएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी दिईन ।
रिमालका अनुसार भारतबाट १ जनालाई उद्धार गरी नेपाल ल्याइएको थियो । एक बर्षको अबधिमा खोजतलास तथा उद्धारका लागी ३७ वटा निवेदन परेको थियो ।
जसमध्ये १९ जना फेला परेका छन । त्यस्तै जबरजस्ती करणी उधोगका २२ वटा, मानब बेचबिखनका ३ वटा, घरेलु हिंसाका ४९ वटा घट्नामा प्रभावितलाई आवसिय परामर्श एवं कानुनी सहायता प्रदान गरिएको माइती नेपालले जनाएको छ ।
माइती नेपालले विगत २८ वर्ष देखी मानब बेचबिखन बिरुद्ध रोकथाम एवं जनचेतना मुलक कार्यक्रम अन्तरगत बिभिन्न पालिकाहरु सँग समन्वय र सहकार्य गर्दे पालिका एवं वडा स्तरीय अन्तरक्रिया, अभिमुखीकरण लगाएतका कार्यक्रमहरु गर्दे आइरहेको छ ।